लण्डनमा पनि बढ्यो भाइरस संक्रमण

लन्डनका मेयर सादिक खान

लण्डन । लण्डनमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि चाँडो नियन्त्रणका उपाय अपनाउन लण्डनका मेयर सादिक खानले सरकारसित अनुरोध गरेका छन् ।
शुक्रबार जनस्वास्थ्य विज्ञहरुसित परामर्शपछि एक वक्तव्य जारी गर्दै मेयर खानले छ महिना अघिको जस्तो भाइरस अनियन्त्रित अवस्थामा पुगेको अवस्था दोहोर्याउन दिने पक्षमा आफू नभएको बताएका छन् । उनले जनस्वास्थ्य र अर्थतन्त्र दुवैका लागि अन्तिम अवस्थामा पुगेर पूर्णरुपमा लकडाउन गर्नुभन्दा चाँडोभन्दा चाँडो नियन्त्रणका नयाँ उपाय अपनाउनु राम्रो भएको बताएका छन् । साथै सरकारले टेष्टलाई अविलम्ब रुपमा कामकाजी बनाउनुपर्ने पनि उनले माग गरेका छन् ।
भाइरस संक्रमण लण्डनमा पनि तीव्रगतिमा फैलिइरहेको बताउँदै उनले इङल्याण्डका अन्य स्थानमा जस्तै नियन्त्रणका कार्यहरु लण्डनमा लागू हुन सक्नेतर्फ सचेत तुल्याएका छन् ।
उनले लण्डनबासीलाई सामाजिक दुरी कायम गर्न, अनुहार ढाक्न र बरोबर हात धुन पनि सम्झाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री