लण्डन । संयुक्त अधिराज्य बेलायतमा एक होटलमा नक्कली वर्कपरमिट भिजा निकाल्दै एक व्यक्तिले ११ जनासँग करोडौं रुपैयाँ ठगेका छन् । बेलायत मेनचेस्टरस्थित मिडल्याण्ड होटलमा ११ जनालाई वर्क परमिट भिजा मिलाएको नक्कली कागज देखाएर उनले ठगी गरेका हुन् । उनीहरुलाई वर्क परमिट मिलाउँदै अन्तिम छनौट लिष्ट समेत सार्वजनिक गरेको अवस्थामा नेपाल प्रहरीले कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहलाई पक्राउ गरेको छ ।
वर्क परमिट पाउनेमा विशाल शाही वेटर, प्रलाद कुमार गुरुङ हेभी ड्राभर, प्रेम प्रसाद सेन सिआर, उमेश थाडाराई लरी ड्राइभर र बाँकी ६ जनालाई वेटर र एक जनालाई फ्रन्ट डेक्स अफिसरको भिजा देखाएर ठगी गरिएको छ ।
बेलायतमा वर्क परमिटको स्पोन्सर लाईसेन्स भएको वा नभएको सजिलै थाहा पाउने बेलायत सरकारको आधिकारिक वेभसाईट https://www.gov.uk/government/publications/register-of-licensed-sponsors-workers मा लग इन गर्ने बित्तिकै थाहा पाइन्छ ।
सिंहको ठगीका बारेमा मनोज अधिकारी र रामकृष्ण खत्रीले प्रहरी परिसरमा जाहेरी दिएका थिए ।
नयाँ पत्रिकाका अनुसार पीडितमध्ये अधिकारीलाई बेलायत र खत्रीलाई अमेरिका लैजाने प्रलोभन दिएका थिए । यसका लागि अधिकारीले साढे १६ लाख रुपैयाँ र खत्रीले पनि १५ लाख रुपैयाँभन्दा धेरै रकम बुझाइसकेका थिए ।
युवालाई फसाउन उनले नेपालस्थित बेलायती दूतावास मातहतको कन्सुलेट कार्यालयको समेत नक्कली लेटरहेड तथा छाप बनाएका थिए । प्रहरीका अनुसार उनले बेलायती सरकार मातहतको श्रम मन्त्रालय र नेपाल सरकार मातहतको श्रम मन्त्रालयबीच श्रम सम्झौता भएको नक्कली कागजात बनाउने गर्थे ।
काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनलाई सरकारी कार्यालयको नक्कली लेटरहेड र छापसहित पक्राउ गरिएको बताए । सिंहको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालयका नक्कली छाप र लेटरहेड भेटियो,’ प्रवक्ता राठौरले भने, ‘कागजपत्रमा आफैँले हस्ताक्षर गर्ने रहेछ । छाप पनि आफैँ लगाउँदो रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदैछ ।’
असनस्थित कार्यालयमा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयको छाप र लेटरहेड बरामद गरेको थियो । श्रमिकका लागि परराष्ट्र मन्त्रालयमार्फत बेलायतबाटै माग आएको भन्दै आफैँ नक्कली मागपत्र बनाउँथे । पत्रमा मजदुरका लागि निर्धारण भएर आएको पारिश्रमिक पत्रसमेत देखाउँथे ।
केही महिनापछि कागजपत्र बुझाउनेलाई फोन सम्पर्क गरेर बोलाउँथे । भिसा आएको भन्दै नेपालस्थित दूतावासका कर्मचारीको हस्ताक्षर र छाप हानिएको कागजपत्र उनीहरूलाई दिन्थे । यसबापत उनले प्रतिव्यक्ति न्यूनतम १६ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका सिंहविरुद्ध सरकारी कागजात किर्ते, ठगी र चेक बाउन्सको मुद्दा चल्ने परिसरका प्रवक्ता एसपी राठौरले बताए ।
प्रहरीले उनको कार्यालयबाट बेलायती सरकार मातहतको श्रम मन्त्रालय र नेपाल सरकारको श्रम मन्त्रालयबीच सम्झौता भएको भन्दै होटेल मिडल्यान्डका लागि मजदुर माग गरिएको मागपत्र बरामद गरेको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लेटरहेडमा उल्लेखित मागपत्रमा वैदेशिक रोजगार विभागका उपसचिव सञ्जय रावलको हस्ताक्षर छ । नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट अफिसको छापसमेत पत्रमा छ । हाल सिंह माथि थप अनुसन्धान भैरहेको छ ।
स्रोत : नयाँपत्रिका
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन