लण्डन । बेलायतमा बेरोजगारी दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो तीन महिनामा बेरोजगारी बढेर ४ दशमलव १ प्रतिशतमा पुगेको छ जबकि त्यसभन्दा अघिल्लो तीन महिनामा यो दर ३ दशमलब ९ प्रतिशत थियो ।
तथ्याङ्कअनुसार रोजगारी गुमाउनेमा सबैभन्दा धेरै युवाहरु रहेका छन् । अन्य उमेर समूहको तुलनामा १६ देखि २४ वर्ष उमेर समूहकाहरु प्रभावित बनेका छन् । १६ देखि २४ वर्षभित्रका १ लाख ५६ हजारले जागिर गुमाएका छन् भने १८ देखि २४ वर्ष उमेर समूहका १ लाख ४६ हजार रोजगारविहीन भएका छन् ।
मार्चमा लकडाउन शुरुभएयता ६ लाख ९५ हजारले जागिर गुमाएका छन् ।
सरकारले ठूलो संख्यामा हुनसक्ने रोजगारी गुम्न नदिने फर्लो योजना ल्याएका थियो जसबाट ९६ लाख मानिसहरुले लाभ लिइरहेका छन् । अर्को महिनाको अन्त्यमा सो योजना समापन हुने योजना छ र तत्पश्चात कोरोना भाइरसका कारण कति मानिसको रोजगारी खोसियो भन्ने विश्लेषण गर्न सकिने विज्ञहरुको राय छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]