लण्डन । बेलायतमा बेरोजगारी दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो तीन महिनामा बेरोजगारी बढेर ४ दशमलव १ प्रतिशतमा पुगेको छ जबकि त्यसभन्दा अघिल्लो तीन महिनामा यो दर ३ दशमलब ९ प्रतिशत थियो ।
तथ्याङ्कअनुसार रोजगारी गुमाउनेमा सबैभन्दा धेरै युवाहरु रहेका छन् । अन्य उमेर समूहको तुलनामा १६ देखि २४ वर्ष उमेर समूहकाहरु प्रभावित बनेका छन् । १६ देखि २४ वर्षभित्रका १ लाख ५६ हजारले जागिर गुमाएका छन् भने १८ देखि २४ वर्ष उमेर समूहका १ लाख ४६ हजार रोजगारविहीन भएका छन् ।
मार्चमा लकडाउन शुरुभएयता ६ लाख ९५ हजारले जागिर गुमाएका छन् ।
सरकारले ठूलो संख्यामा हुनसक्ने रोजगारी गुम्न नदिने फर्लो योजना ल्याएका थियो जसबाट ९६ लाख मानिसहरुले लाभ लिइरहेका छन् । अर्को महिनाको अन्त्यमा सो योजना समापन हुने योजना छ र तत्पश्चात कोरोना भाइरसका कारण कति मानिसको रोजगारी खोसियो भन्ने विश्लेषण गर्न सकिने विज्ञहरुको राय छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार