एनआरएनए यूकेको चित्रकला ‘कोपिला’ बिमोचनमा अध्यक्ष गुरुङ ‘अनुपस्थित’

तस्बिर : शिव भण्डारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बाल चित्रकला प्रतियोगिताका विजेताको नाम सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष पुनम गुरुङ अनुपस्थित भएकी छिन । प्रतियोगिता नतिजा र सहभागी बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ सार्वजनिक गर्न आइतबार लण्डनमा आयोजित कार्यक्रममा उनी अनुपस्थित भएकी हुन ।

अध्यक्ष गुरुङ अनुपस्थित भएको बारेमा जिज्ञासा राख्दा कंडेलले अनविज्ञता प्रकट गर्दै भने, ‘मलाई महासचिव फडिन्द्र भट्टराईले उहाँ उपस्थित हुन नसक्ने जानकारी गराउनु भयो ।’ संयोजक कंडेलकाअनुसार  “कोपिला” विमोचन गर्ने कार्यक्रमको मिति र समय अध्यक्ष गुरुङ , महासविच भट्टराई संग छलफल भएर तय भएको हो ।

गत साता एनआरएनए यूके कार्यसमितिको बैठकमा ४ करोड घोटलाको छानविन समिति गठन विधान विपरीत भएको भन्दै उपाध्यक्षद्वय गहामगर र कंडेलले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।एनआरएनए यूके स्रोतकाअनुसार उक्त बैठकपछि उनीहरुवीच बोलचाल भएको छैन । सोही कारणले अध्यक्ष अनुपस्थित भएकी हुन सक्छिन् ।अध्यक्ष गुरुङले बैठकमा ल्याएको उक्त प्रस्ताब बहुमतले पारित भएको थियो ।

कार्यक्रममा चित्रहरुको संग्रह ‘कोपिला’का बिजेताहरुको नाम सार्वजनिक गरिएको थियो । जसमा माध्यमिक तहमा प्रथम स्थान चितवनकी प्रशंसा घिमिरेले जितिन् भने दोश्रो स्थान सुरक्षा खरेल, तृतीय वसन्त कंडेल र चौंथो स्थान सुरज खरेलले प्राप्त गरे ।

त्यसैगरि, प्राथमिक तहमा पहिलो स्थान प्राची न्यौपानेले प्राप्त गरेकी छन् भने दोश्रो अनुष्का मानन्धर, तेश्रो रक्षा आचार्य र चौंथो स्वीकृति आचार्य भए । प्रतियोगितामा ४६ जना बालबालिकाले सहभागिता जनाएका थिए । इभा सापकोटाले निर्णायकहरुका तर्फबाट सान्त्वना पुरस्कार पाएकी छन् ।

चित्र मुल्यांकन गर्न समितिमा अर्क तिमिल्सिना, रुरु लम्साल र विनोद न्यौपाने छन । उक्त समितिमा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणदत्त कंडेल, सिता खरेल (उपसंयोजक), अर्क तिमिल्सिना, एलबिजेड गुरुङ, बाल साहित्यकार विनोद न्यौपाने, कलाकार रुरु लम्साल, कृष्ण देवकोटा, शकुन्तला गुरुङ गरि ८ जना संलग्न थिए ।

कार्यक्रममा प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेल, उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष शकुन्तला गुरुङ, आइसीसी सदस्य अर्कराज तिमिल्सिनालगायतले ति बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ विमोचन गरेका थिए ।
बाल दिवसमा अवसर पारेर नतिजा सार्वजनिक तथा पुरस्कृत गर्ने योजना रहेको छ । कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कंडेलले एनआरएनले भोलिको पुस्ताका लागि थोरै काम गरेका बेला चित्रकला अवधारणा परिकल्पना गरिएको जनाए । कंडेलकाअनुसार दुईवटा चित्र माग गरि त्यसमध्ये एउटा नेपालको झण्डा र अर्को कुनै रचनात्मक कार्य झल्कने चित्र बनाउन भनिएको थियो ।

उनले मुल्यांकन प्रक्रियाबारे अवगत गराउंदै सहभागी बालबालिकाको चित्र प्रदर्शन गरेका थिए । प्राप्त चित्रकलाहरु कसले कोरेको हो नाम समावेश नगरि समितिलाई पठाइएकाले मुल्यांकन निष्पक्ष भएको कंडेलले प्रष्टयाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री