‘कोभिड १९’ बाट विश्वमा करिब ९ लाखको मृत्यु

corona

जेनेभा ।  विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९५ लाख ९२ हजार २८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख ३ हजार ७७६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार २९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६४ लाख ८५ हजार ५७५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार ६२९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा ४२ लाख ८० हजार ४२२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख २३ हजार ९५० कोरोना भाइरस मुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार १ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ३० हजार ६९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ४३ हजार २७७ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ८७१ जनाको मृत्यु भएको छ ।
पेरुमा ६ लाख ९१ हजार ५७५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २२ हजार २५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ९७६ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ७१ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार २७९ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ६१५ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ३९ हजार ३६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ५५५ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ३७ हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ४६ हजार ७१५ कोरोना भाइरस मुक्त भएका छन् भने ६७ हजार ७८१ जनाको मृत्यु भएको छ ।
स्पेनमा ५ लाख २५ हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ५१६ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ४ लाख ८८ हजार ७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ५७ हजार ३८८ कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार १२९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री