चौथो पीपल गल्फ च्याम्पियनसीपमा महेन्द्र फगामी बने विजेता

लण्डन । चौथो पीपल गल्फ च्याम्पियनसीपमा महेन्द्र फगामी विजेता बनेका छन् ।
गोर्खा गल्फ सोसाइटीले हरेक वर्ष आयोजना गर्ने सो प्रतियोगिता अगष्ट २९ तारिखका दिन सेर्फिल्ड ओकस, बेजिङस्टोकमा भएको थियो ।
प्रतियोगितामा फगामी ग्रस विनर बने भने गजेन्द्र  (गाज) गुरुङ रनर अप बने । यस्तै, जीवन पुन नेट विनर बने भनेे बाल गुरुङ रनर अप भए । डिभिजन ‘ए’ को विनर दीपकराज घले भए भने रनर अप गीताजंग गुरुङ । यसैगरी डिभिजन ‘बी’मा दुर्गा जिमी विनर बने भने रनर अप भए प्रेम गुरुङ । डिभिजन ‘सी’ मा हेम गुरुङ विजेता भए भने विवेक घर्ती उपविजेता । सिनियरतर्फ क्याप्टेन ताम ढेँगा, गेष्टतर्फ प्रशान्त गौचन विनर भए । यस्तै नोभल्टी पुरस्कार पाउनेहरुमा खुलातर्फ लङ्गेष्ट ड्राइभमा जीवन थापा, भेट्रान्सतर्फ लङ्गेष्ट ड्राइभमा ग‌ंगा मल्ल, नियरेष्ट टू द पिनतर्फ रेशम श्रीश र दल लामा गुरुङ रहेका छन् ।
प्रतियोगितामा ग्रस विजेतालाई ३०० पाउण्ड नगद पुरस्कार र रनिङ शिल्ड तथा उपविजेतालाई १५० पाउण्ड नगद पुरस्कार र ट्रफी दिइयो भने नेट विनरलाई २५० पाउण्ड नगद पुरस्कार र रनिङ शिल्ड तथा रनर अपलाई १५० पाउण्ड नगद पुरस्कार र ट्रफी हस्तान्तरण गरियो । यस्तै, डिभिजन तर्फका विजेताहरुलाई नगद १५०/१५० पाउण्ड पुरस्कार र ट्रफी प्रदान गरियो भने रनर अपहरुलाई १००/१०० पाउण्ड नगद पुरस्कार र ट्रफी प्रदान गरियो । लङ्गेष्ट ड्राइभ खुला तथा भेट्रान्सका विजेतालाई ५०/५० पाउण्ड नगद र ट्रफी र नियरेष्ट टू पिनतर्फका विजेताले पनि ५०/५० पाउण्ड नगद र ट्रफी पाए ।
हरेक वर्ष जुन महिनामा हुने सो प्रतियोगिता यसवर्ष कोरोनाको कारणले अगष्टमा मात्र सम्पन्न भएको थियो । तथापि प्रतियोगितामा सहभागी हुन चाहनेहरुको भने उल्लेख्य उपस्थिति थियो ।
आयोजकका अनुसार १२० जनाको सहभागिता रहेको सो प्रतियोगितामा भाग लिन युकेको टाढा टाढाका शहरहरु क्याट्रिक, ब्रेकन आदिबाट पनि
आएका थिए । खेल शुरू हुनुपूर्व प्रतियोगिताको टाइटल स्पोन्सर पीपल ग्रुपका मानव संशाधन म्यानेजर प्रनिसा गुरूङ, स्टेट म्यानेजर मिलन गुरूङ, अकाउन्टेन्ट प्रमोद गुरूङ, मोर्गेज एडभाईजरहरु प्रसन्न, निरज, युनिका, ईना, नाग्स, कोपिला साथै डाइरेक्टर सूर्य गुरुङले सबै टिमलाई शुभकामना दिएका थिए ।
गोर्खा गल्फ सोसाईटीका अध्यक्ष दीपक घलेले चार वर्षसम्म निरन्तर सहयोग गर्दै आएकोमा पीपल मोर्गेज साथै डाईरेक्टर  सूर्य गुरुङलाई हृदयबाट धन्यवाद दिए।
पीपल ग्रुपका डाईरेक्टर सूर्य गुरूङले समाजबाट लिनु मात्र नभई समाजमा केही दिएमा मात्र सम्बन्ध गाढा हुने विश्वास व्यक्त गरे साथै उनले सबै विजेतालाई बधाई पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री