लण्डन । बेलायत सरकारले कम आय भएका व्यक्तिहरुलाई कोरोना संक्रमणका कारण वा संक्रमित व्यक्तिसित घुलमिल भएका कारण अनिवार्य रुपमा आइसोसनमा बस्न परेमा अतिरिक्त भत्ता दिन शुरु गरेको छ ।
यस योजनाको परीक्षण उत्तर पश्चिम इङल्याण्डमा मंगलबारदेखि शुरु गरिएको छ ।
नयाँ योजनाअन्तर्गत कम आम्दानी भएका व्यक्तिहरुले आइसोसेलनमा बस्नुपरेवापत दिनको १३ पाउण्ड दाबी गर्न सक्नेछन् । यस्तो सुविधा घरबाट काम गर्न नपाउनेहरुलाई मात्र दिइएको छ ।
यस योजनाअनुसार कोरोना भाइरस टेष्टमा पोजिटिभ देखिएका जागिरे वा स्वरोजगारहरुले १० दिन आइसोसनमा बसेवापत १३० पाउण्डसम्म पाउन सक्नेछन् भने घरका कोही सदस्य कोरोना संक्रमित भएका कारण आइसोसेलनमा बस्न परे १८२ पाउण्डसम्म दाबी गर्न सकिने छ ।
अहिले यो योजना ब्ल्याकवर्न, पेन्डल र ओल्डम क्षेत्रमा लागू गरिएको छ । यदि यी क्षेत्रमाहरुमा गरिएको परीक्षण सफल भएमा यो योजना इङल्याण्डका अन्य भागमा पनि विस्तार गरिने योजना रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्री म्याट ह्यानककले एनएचएच टेष्ट एण्ड ट्रयासको सुझावका आधारमा सो योजना ल्याइएको बताए ।
उता यो योजना ठीक भए पनि पाउँदर अति कम भएको गुनासो गरिएको छ । म्यानचेष्टरका मेयर एण्डी ब्रनहमले आफूले हप्तौँदेखि आइसोलेसनमा बस्नेहरुलाई आर्थिक सहयो गर्नपर्छ भनेर माग गरिरहेको उल्लेख गर्दै अहिले दिन लागिएको सहयोग पर्याप्त भएको बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते