लण्डन । शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको सोमबार निधन भएको छ ।
५१ वर्षीय शेर्पाको सोमबार दिउँसो १:१५ बजे लण्डनको सेन्ट थोमसेज हस्पिटलमा निधन भएको शेर्पा संघ बेलायतका पूर्व महासचिव तथा पारिवारिक सदस्य योन्तेन ग्याछोले जानकारी दिनुभयो ।
उहाँ अस्वस्थ हुनुभएपछि आसफोर्ड केन्टको विलियम हार्भे अस्पतालमा भर्ना हुनुभएको थियो । शुरुमा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । पछि उनलाई सेन्ट थोमसेस हस्पिटलमा सारिएको थियो ।
पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गर्नुभएको थियो। उहाँको आर्मी नम्बर २११६८३६३ रहेको छ ।
उहाँ शेर्पा संघ युकेको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँको पुर्ख्यौली घर भोजपुर जिल्ला षडानन्द नगरपालिका किमालुङ रहेको थियो ।
उहाँ ३ छोरा र श्रीमतीका साथ बेलायतको आसफोर्डमा बसोबास गर्दै आउनुभएको थियो ।
यसअघि उहाँको सासुको पनि गत महिना निधन भएको थियो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह