लण्डन । करिब चार महिना अघिदेखि एक बिहान मर्निङ वाकमा निस्किएका नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस सम्पर्कविहीन भए । उनको खोजी व्यापकरुपमा गरियो । केही समयपछि त्यसलाई सीमितमा झारियो तर प्रहरीले उनको खोजी जारी राखेको छ । गत सातामात्र एक सूचना प्रकाशित गर्दै ह्याम्पसायर प्रहरीले उनका बारेमा नयाँ सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अपील गरेको छ ।
१९ अगष्टमा जारी सूचनामा ह्याम्पसायर प्रहरीका चिफ इन्सपेक्टर अलेक्स रेडिङले भनेका छन्, ”हामीहरु फेरि रिचर्डलाई पत्ता लगाउन सक्ने नयाँ सूचनाका लागि सर्वसाधारणमा अपील गर्दछौँ । सानो होस् वा ठूलो सबै किसिमका जानकारी हाम्रा लागि महत्वपूर्ण छन् ।”
५२ वर्षीय रिचर्ड मे ६ तारिखका दिन मर्निङ वाकमा निस्किएका थिए । उनलाई पछिल्लोपटक सोही दिन १०:५० बजे अल्टोनको इजिङटन रोडमा दगुर्दै गरेको सर्वसाधारणले देखेका थिए ।
विगत १५ सातामा प्रहरीले उनको खोजी ९ वर्गकिलोमिटर क्षेत्रभित्र गरिसकेको छ । जसमा एलिस हल्ट फोरेष्ट, केही पानीले ढाकेका क्षेत्र, अल्टोन र बिनस्टिड क्षेत्रसमेत छन् । खोजी कार्यमा ब्रिटिश ट्रान्सपोर्ट प्रहरी र ह्याम्पसायर सर्च एण्ड रेस्क्यु सर्भिसको समेत सहभागिता थियो ।
प्रहरीले घन्टौँको सिसिटिभी फुटेजको निगरानी, घरघरै गएर खोजिनीति गर्ने र समुदायबाट प्राप्त जानकारीलाई थप खोजी गर्दा पनि हालसम्म उनको अवस्था पत्ता लगाउन सकिएको छैन ।
प्रहरीले गत जुन ३ तारिखका दिन उनको खोजी कार्यको आकार घटाउने निर्णय गरेको थियो । तर उनको खोजी कार्य निरन्तर रहेको प्रहरीले प्रष्ट पारेको छ ।
६ फिट अग्ला रिचर्डको फुलेको कपाल र दाह्री पालेका छन् । उनको अनुहारमा प्रष्ट चिनिने दाग पनि छ । उनले नीलो गन्जी, कालो हाफ पाइन्ट / नीलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।
रिचर्ड हराएको केही समय भइसकेकाले उनको कपाल, दाह्रोजुँगा आदि परिवर्तन भइसकेको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले हालसम्म प्राप्त सहयोगका लागि रिचर्डको परिवार र सर्वसाधारणलाई धन्यवाद पनि दिएको छ । उनको बारेमा केही जानकारी भए १०१ मा फोन गरी अपरेसन ट्वीलाइट उल्लेख गर्न वा ४४२००१६०३९८ मा फोन गर्न अपील गरिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते