
लन्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ७४ औं बैठक संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको ब्यबस्थाको लागि प्रस्ताब अघि बढाउने भएको छ ।
संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार, शनिबारको संघको बैठकले साधारण सभामा नि:शुल्क सदस्यता र अनलाइन भोटिङ र प्रतिनिधि छनोटलगायत बिषय बिशेष अधिबेसमा लैजाने निर्णय गरेको हो ।
‘यस बाहेक केहि नियमित एजेण्डामा पनि छलफल र निर्यण भएका छन। तर बिशेष रुपमा भने सदस्यता, महाधिवेशन प्रतिनिधि र निर्वाचन प्रणालीमा नै केन्द्रित रहनगयो’ उनले भने ।
अगष्ट २२, २०२० मा बसेको एनआरएनए आइसीसीको ७४ औं बैठकले संघको सदस्यता र महाधिवेशनका प्रतिनिधि, निर्वाचन प्रणाली सम्बन्धि निर्णय गरेको हो । अब संघको सदस्यता एमआईएस प्रणाली मार्फत एनआरएनए सिष्टममा गएर निशुल्क लिन सक्ने बनाइने छ। त्यसैगरी महाशिवेशन प्रतिनिधि पनि निशुल्क गर्ने र अनलाइन भोटिङको ब्यबस्थालाइ उत्कृष्ट रुपमा नीति तय गर्नको लागि समेत निर्णय गरिएको छ।
यसका लागि बैठकले संघका महासचिव डा हेम राज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा बिधान समितिका संयोजक भुषण घिमिरे रहेकाछन ।
तर कार्यदलले नीतिको ब्यबहारिकतालाई समेत ध्यान दिएर प्रतिवेदन तयार पारी दुइ हप्ता भित्रमा संघको पधाधिकारी बैठकमा पेश गर्नुपर्ने छ। संघले सो नीति गैरआवासीय नेपाली संघको बिशेष साधारण सभामा पेश गर्ने छ।
संघको बिशेष साधारण सभा बस्न कम्तिमा ३ महिना अघि मिति तोक्नु पर्ने प्राबधान छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते