आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: २०:३० | UK Time: 15:45

यौन दुर्ब्यवहारको आरोपमा सेवारत गोरखा सैनिकलाई साढे दुई वर्ष जेल

वीनेपाली
२०७७ भदौ १ गते १६:४७

तस्वीर विल्सायर टाइम्स

लण्डन । आफ्नै साथीको छोरीलाई यौन दुर्व्यहार गरेको अभियोगमा बेलायती सेनामा कार्यरत एक गोरखा सैनिकलाई साढे दुई वर्ष कैद सजाय भएको छ ।

स्थानीय विल्सायर टाइम्सका अनुसार ४४ वर्षीय कर्पोरल विनोद राईलाई ब्रिष्टोल क्राउन कोर्टले गत शुक्रबार सो फैसला सुनाएको हो ।

यसअघि जुरीले वार्मिन्स्टर निवासी राईले एक १३ वर्षीय बालिकालाई यौन दुर्ब्यबहार गरेकोमा दोषी ठहर गरेको थियो ।

विल्सायर टाइम्सका अनुसार गत जुलाई १९ मा राई रेलवे स्टेशनमा छोरी लिन गएका थिए । सो क्रममा उनले सो बालिकालाई पनि लिएर आएका थिए । घर आइपुगेपछि उनले कारको यात्रु तिरको ढोका खोलेर दुर्व्यबहार गरेको बताइएको छ ।

राईलाई ती बालिकालाई स्टेशनबाट ल्याउन उनका अभिभावककले अनुमति नदिएको बताइएको छ ।

राईले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक