लण्डन । चिनियाँ अधिकारीहरुले चीनमा विकास गरिएको कोरोनाविरोधी खोप प्रतिलिपि अधिकार दिएका छन् ।
चिनियाँ समाचारमाध्यम ग्लोबल न्यूज नेटवर्कका अनुसार Ad5-nCoV नाम दिइएको सो खोप चिनयाँ बायोफर्मास्युटिकल फर्म क्यानसाइनो बायोलोजिक्स इन्कर्पोरेसन र चिनियाँ जनमुक्ति सेनाका सरुवा रोग विज्ञ चेन वेईको टीमले विकास गरेको हो ।
अहिले सो खोपको तेस्रोचरणको परीक्षण चलिरहेको छ ।
सो खोपले मौलिकता र सृजनशीलता देखाएको र अन्तर्राष्ट्रिय बजारमा चिनियाँ खोपप्रति विश्वास जगाउने आशा विज्ञहरुले गरेका छन् ।
चिनियाँ राष्ट्रिय सम्पत्ति प्रशासनको वेभसाइटमा प्रकाशित लेखअनुसार सो खोप यदि भाइरस फैलिएमा छोटो समयभित्रै धेरै ठूलो परिमाणमा उत्पादन गर्न सकिने छ ।
खोप उत्पादक क्यानसाइनोले सरकारी अधिकारीहरुद्वारा अनुमति पाइनुले सो खोपको प्रभावकारिता, सुरक्षा पुष्टी भएको बताएको छ ।
सरकारी अधिकारीबाट अनुमति पाएपछि सो खोपको बारेमा बजार प्रवर्धन गर्न सहयोग मिलेको सांघाइका खोप विशेषज्ञ ताओ लिनले बताएका छन् ।
यतिबेला कोरोना भाइरसविरुद्ध खोप उत्पादनको होडमा विश्व लागि परेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गतसाता मात्र रसियामा विकसित खोप सर्वसाधारणमा लगाउन अनुमति दिएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारत ठूलो परिमाणमा खोप उत्पादन गर्न तयार रहेको बताएका छन् ।
यसबाहेक विश्वभर करिब १३० वटा खोपका परीक्षण चलिरहेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते