लण्डन । इङल्याण्डमा मास्क लगाउन पटकपटक अटेर गरेको पाइएमा ३ हजार २०० पाउण्डसम्म जरिवाना गरिने भएको छ ।
विद्यमान नियमअनुसार पहिलोपटक मास्क नलाएमा १०० पाउण्डसम्म जरिवाना हुने गरेको छ तर पटकपटक सो नियमको उल्लंघन गरेको पाइएमा त्यसलाई बढाएर ३ हजार २०० पाउण्डसम्म जरिवाना गर्न सकिने बनाइएको छ ।
यस्तै, गैरकानुनी पार्टी गरेमा १ हजार पाउण्डसम्म जरिवाना हुनेछ ।
यसैगरी, इङल्याण्डमा आजदेखि थियटर, क्यासिनो बलिङ खुल्दैछन् ।
यी क्षेत्रहरु दुई साताअघि नै खोल्ने घोषणा गरिए पनि अन्तिम समयमा सरकारले सरकारले रोकेको थियो ।
यसैगरी ट्याटू स्टूडियो, व्यूटी सैलुन, स्पाहरु पनि आजदेखि खुल्दैछन् भने हेयर ड्रेसरहरुले पनि आइब्रो थ्रेडिङजस्ता अतिरिक्त सेवा दिन पाउनेछन् ।यस्तै, स्केटिङ रिन्क भवनभित्र र बाहिर दुवै खुला हुने छन् भने विवाह समारोहमा ३० जनासम्मलाई भेला हुन अनुमति दिइएको छ ।
यसैगरी भवनभित्र सांगीतिक प्रस्तुति गर्न पाइने छ तर सामाजिक दुरी कायम गर्नपर्ने छ ।
उता सरकारले फ्रान्सबाट इङल्याण्ड आउनेहरुलाई दुई साता क्वारेन्टीनमा बस्न पर्ने नियम लागू गरेको छ ।
यसेगरी नेदरल्याण्डस, मोनाको, माल्टा, टर्कस् एण्ड काइकोज र अरुवाबाट इङल्याण्ड आउनेहरुले पनि दुईसाता क्वारेन्टीनमा बस्नपर्ने छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते