लिस्बन । पोर्तुगलको राजधानी लिस्बनबाट एक नेपाली युवक हराएका छन् । नेपाल सुनसरी घर भएका अन्दाजी २७ बर्षका अभिषेक आचार्य नामक युवा राजधानी लिस्बनको इन्तिदेन्तमा ५ दिन अघि देखा परेका थिए, त्यसयता उनी परिवार र साथी भाइहरुको सम्पर्कमा नरहेकोले खोजीका लागि परिवारले आग्रह गरेका छन् ।
शुक्रबार एनआरएनए पोर्तुगलले पनि एक सूचना जारी गरी खोजीका लागि अपील गरेको छ । उनको खोजीका लागि एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुवेदीले प्रहरीमा पनि जानकारी दिएको बताए ।
अपिल
सहयोगका लागि हार्दिक अपिल !
” युवक हराएको सूचना”
नेपालमा स्थाई घर सुनसरी जिल्ला भई बिगत २ बर्ष देखी पोर्तुगलको राजधानी लिस्बोन नजिकै सान्ता- पोलोनियामा बसोवास गर्दै आउनु भएका अन्दाजी बर्ष २७ का श्री अभिशेक आचार्य बिगत १ हप्ता बाट निजको परिवार, साथीभाई कसैको पनि सम्पर्कमा नआएको र निजको परिवारको आग्रह अनुसार खोजी कार्यको लागि गैर आवासीय नेपाली संघ पोर्तुगलमा सम्पर्क गरि खोजी गरिदिनुहुन भन्ने आग्रह अनुसार आज गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरुको अगुवाईमा आबश्यक खोजिकार्यका लागि मार्तिम मुनिज स्थित प्रहरी कार्यलयमा निबेदन सहित जानकारी गराइएको छ ।
त्यसैले तपाईं हामी जो कोहि पनि पोर्तुगलबासि नेपाली दाजुभाई दिदी बहिनिहरुले निजलाई कही कतै देख्नु भएमा वा भेट्नु भएमा तल उल्लेखित देहाय बमोजिमका फोन नम्वरहरु वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । धन्यवाद ।
सम्पर्क :-
१. ९२००३०९६४ – तिलक गैरे
२. ९२०२९९५७४ – अशोक गुरुङ
३. ९२०३१९५३९ – सीता श्रेष्ठ
४. ९२०४०४०३५ – हेमराज सुवेदी
५. ९२०५५७९८८ – यमेन्द्र कुमार घर्ती
६. ९१६७८७०५९ – प्रकाश ढकाल
हेमराज सुवेदी
(महासचिव)
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्तुगल
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]