लिस्बन । पोर्तुगलको राजधानी लिस्बनबाट एक नेपाली युवक हराएका छन् । नेपाल सुनसरी घर भएका अन्दाजी २७ बर्षका अभिषेक आचार्य नामक युवा राजधानी लिस्बनको इन्तिदेन्तमा ५ दिन अघि देखा परेका थिए, त्यसयता उनी परिवार र साथी भाइहरुको सम्पर्कमा नरहेकोले खोजीका लागि परिवारले आग्रह गरेका छन् ।
शुक्रबार एनआरएनए पोर्तुगलले पनि एक सूचना जारी गरी खोजीका लागि अपील गरेको छ । उनको खोजीका लागि एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुवेदीले प्रहरीमा पनि जानकारी दिएको बताए ।
अपिल
सहयोगका लागि हार्दिक अपिल !
” युवक हराएको सूचना”
नेपालमा स्थाई घर सुनसरी जिल्ला भई बिगत २ बर्ष देखी पोर्तुगलको राजधानी लिस्बोन नजिकै सान्ता- पोलोनियामा बसोवास गर्दै आउनु भएका अन्दाजी बर्ष २७ का श्री अभिशेक आचार्य बिगत १ हप्ता बाट निजको परिवार, साथीभाई कसैको पनि सम्पर्कमा नआएको र निजको परिवारको आग्रह अनुसार खोजी कार्यको लागि गैर आवासीय नेपाली संघ पोर्तुगलमा सम्पर्क गरि खोजी गरिदिनुहुन भन्ने आग्रह अनुसार आज गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरुको अगुवाईमा आबश्यक खोजिकार्यका लागि मार्तिम मुनिज स्थित प्रहरी कार्यलयमा निबेदन सहित जानकारी गराइएको छ ।
त्यसैले तपाईं हामी जो कोहि पनि पोर्तुगलबासि नेपाली दाजुभाई दिदी बहिनिहरुले निजलाई कही कतै देख्नु भएमा वा भेट्नु भएमा तल उल्लेखित देहाय बमोजिमका फोन नम्वरहरु वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । धन्यवाद ।
सम्पर्क :-
१. ९२००३०९६४ – तिलक गैरे
२. ९२०२९९५७४ – अशोक गुरुङ
३. ९२०३१९५३९ – सीता श्रेष्ठ
४. ९२०४०४०३५ – हेमराज सुवेदी
५. ९२०५५७९८८ – यमेन्द्र कुमार घर्ती
६. ९१६७८७०५९ – प्रकाश ढकाल
हेमराज सुवेदी
(महासचिव)
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्तुगल
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?