आइतबार, असोज ४ २०७७ | Sun, September 20, 2020
नेपालको समय: २०:३६ | UK Time: 15:51

कोरोनाका कारण कृष्णमन्दिरमा राष्ट्रपति अनुपस्थित

वीनेपाली
२०७७ साउन २७ गते १५:२०

काठमाडौँ । कृष्ण जन्माष्टमीमा हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा राष्ट्रप्रमुख सरिक हुने परम्परा कोरोना भाइरसका कारण यस वर्ष स्थगित हुन पुगेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी हुनुभएन-राष्ट्रपतिको कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसका कारण नेपालका विभिन्न परम्परा र सँस्कृतिहरुको पूर्ववत सन्चालनमा असर परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक