लण्डन । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई सर्वसाधारणमा प्रयोगका लागि अनुमति दिइएको बताएका छन् ।
बीबीसीका अनुसार मानवमा परीक्षण गरिएको दुई महिनाभन्दा कम समयमै रसियन नियामक निकायले सो खोपको प्रयोगमा अनुमति दिएको हो । राष्ट्रपति पुटिनले सो खोपले सबै प्रक्रिया पूरा गरिसकेको र आफ्नो छोरीलाई यस अगावै लगाइएको पनि बताएका छन् ।
अधिकारीहरुले अक्टोबरदेखि सो खोपको मानिसहरुमा प्रयोग गर्ने योजना बनाएका छन् ।
सो खोपको तीव्र विकासप्रति विज्ञहरुले चासो देखाएका छन् । खोपको सुरक्षामा सम्झौता गरिएको हुनसक्ने उनीहरुको आशंका छ ।
विश्व स्वास्थ्य संगठनले गत साता रसियलाई खोप विकासमा अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गर्न सुझाव दिएको थियो ।
संगठनले तेस्रो चरणको परीक्षणमा रहेका ६ वटा खोपहरुको सार्वजनिक गरेकोमा रसियाको खोप समावेश थिएन ।
विश्वमा १०० भन्दा बढी खोपहरु अहिले परीक्षणमा रहेका छन् ।
कोरोना भाइरसविरुद्धको विश्वको पहिलो खोप दाबी गरिएको सो खोप मस्कोको गामालिया इन्स्टिच्यूटमा बनाइएको बताइएको छ ।
पुटिनले सो खोप निक्कै प्रभावकारी रहेको दाबी गरिएको छ । उनले ज्वरो आउँदा आफ्नी छोरीलाई दिइएको पनि बताएका छन् ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै