लण्डन । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निर्मित कोरोना भाइरसविरुद्धको खोपलाई सर्वसाधारणमा प्रयोगका लागि अनुमति दिइएको बताएका छन् ।
बीबीसीका अनुसार मानवमा परीक्षण गरिएको दुई महिनाभन्दा कम समयमै रसियन नियामक निकायले सो खोपको प्रयोगमा अनुमति दिएको हो । राष्ट्रपति पुटिनले सो खोपले सबै प्रक्रिया पूरा गरिसकेको र आफ्नो छोरीलाई यस अगावै लगाइएको पनि बताएका छन् ।
अधिकारीहरुले अक्टोबरदेखि सो खोपको मानिसहरुमा प्रयोग गर्ने योजना बनाएका छन् ।
सो खोपको तीव्र विकासप्रति विज्ञहरुले चासो देखाएका छन् । खोपको सुरक्षामा सम्झौता गरिएको हुनसक्ने उनीहरुको आशंका छ ।
विश्व स्वास्थ्य संगठनले गत साता रसियलाई खोप विकासमा अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गर्न सुझाव दिएको थियो ।
संगठनले तेस्रो चरणको परीक्षणमा रहेका ६ वटा खोपहरुको सार्वजनिक गरेकोमा रसियाको खोप समावेश थिएन ।
विश्वमा १०० भन्दा बढी खोपहरु अहिले परीक्षणमा रहेका छन् ।
कोरोना भाइरसविरुद्धको विश्वको पहिलो खोप दाबी गरिएको सो खोप मस्कोको गामालिया इन्स्टिच्यूटमा बनाइएको बताइएको छ ।
पुटिनले सो खोप निक्कै प्रभावकारी रहेको दाबी गरिएको छ । उनले ज्वरो आउँदा आफ्नी छोरीलाई दिइएको पनि बताएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते