बेलायतमा लकडाउनयता ७ लाख ३० हजारले गुमाए रोजगारी

लण्डन ।  कोरोना भाइरसको महामारी शुरुभएयता बेलायतमा ७ लाख ३० हजारले रोजगारी गुमाएका छन् ।

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको तथ्यांंकअनुसार गत महिनामात्र ८१ हजारको जागिर खोसिएको पाइएको छ । सरकारको रोजगारदाताप्रतिको निरन्तरको प्रयासका वावजुद यस्तो तथ्याङ्क बाहिर आएको छ ।

सरकारले कम्पनीहरुलाई सहुलियत ऋण, तलवका लागि सरकारको सहयोग फर्लो र जब रिटेन्सन लगायतका योजना ल्याएको थियो ।

यो रोजगारदाताकहाँ कार्यरत कामदारको मात्र तथ्याङ्क हो । स्वरोजगारहरुको बारेमा भने तथ्याङ्क आइसकेको छैन ।

कार्यालयका अनुसार बेरोजगार भत्ता आवेदकहरुको संख्या गत मार्च र जुलाईका बीचमा ११६ दशमलव ८ प्रतिशतले बढेको छ । अहिले २७ लाख मानिसहरुले बेरोजगार भत्ता माग गरेका छन् ।

यस्तै तथ्याङ्कअनुसार बेलायतीहरुको आयमा पनि कमी आएको छ । विगतको तुलनामा यसवर्षको जुनसम्मको तीनमहिनामा शुन्य दशमलब २ प्रतिशत आम्दानीमा कमी आएको छ ।

यो सन् २००१ यताकै नकारात्मक वृद्धि भएको कार्यालको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री