
लण्डन । मर्जिङ नेप्सोसले कोभिड-१९ बाट प्रभावित नेपाली विद्यार्थीहरुका लागि संचालन गरेको हेल्पलाईन औपचारिक रुपमा बन्द गरेको छ । नेप्सोस सदस्य तथा बेलायतस्थित समुदायहरुबाट संकलित २१ हजार ६ सय ७२ पाउण्ड आर्थिक सहयोग वितरणसहित हेल्पलाईन बन्द गरेको मर्जिङ नेप्सोसका अध्यक्ष पवन कंडेलले बताएका हुन । नेप्सोसले हेल्पलाईन मार्फत गरेका काम र सहयोग रकम पारदर्शी ढंगले सामाजिक संजालहरु मार्फत शुक्रबार सार्वजनिक गरेको छ ।
नेप्सोसको हेल्पलाईनले कोभिड-१९ बाट प्रभावित विश्वविद्यालयका विद्यार्थीहरुलाई तीन चरणमा आर्थिक सहयोग बितरण गरेको थियो । बेलायतका ४८ विश्वविद्यालयका ४ सय ६ विद्यार्थीले कन्सल्टेसन पाएका थिए । ती मध्ये २ सय ७१ विद्यार्थीहरुले नेप्सोसबाट आर्थिक सहयोग पाएका थिए । ६४ जना विद्यार्थीले खानाको प्याकेज र ८ जना विद्यार्थीले मेन्टल हेल्थ सम्बन्धी सहयोग पाएको नेप्सोसले जानकारी दिएको छ ।
आर्थिक सहयोग पाउनेमा यूक्लान, हडर्सफिल्ड, हार्डफोर्डसायर, लण्डन साउथव्याँक, इस्ट लण्डन, पोर्टसमाउथ, कोभेन्ट्री, वेस्ट स्कटल्याण्ड, वेस्ट लण्डनलगायतका विश्वविद्यालयका विद्यार्थीहरु छन । यद्यपी, नेप्सोस अध्यक्ष कंडेलले विद्यार्थीहरुलाई गलत सुचना प्रवाह गरि विश्वविद्यालयमा भर्ना गर्न ल्याउने कन्सेल्टेन्सीको नाम भने सार्वजनिक गर्न सकेनन् । बेलायत अध्ययनका लागि ल्याउने कन्सेल्टेन्सीका नाम सार्वजनिक गर्न वीनेपालीले पटक -पटक आग्रह गरेपनि “गोपनियताको कारण देखाउदै” कंडेल पन्छिए ।
गत २६ मार्च २०२० बाट नेप्सोसले विश्वविद्यालयका विद्यार्थीहरुको लगत संकलन सुरु गरेको थियो । २२ मार्चबाटै नेपाली विद्यार्थीहरुको लागि हेल्पलाइन सुरु गरे पनि ६ अप्रिलमा नेपाली दूतावास लण्डनले कोरोना भाइरस महामारीबाट बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई पर्न सक्ने समस्यामा संयोजन गर्न बेलायतमा अध्ययनरत नेपालीमूलका विद्यार्थीहरुको संस्था मर्जिङ नेप्सोसलाई जिम्मा दिएको थियो । दूतावासका प्रवक्ता शरदराज आरणले विज्ञप्ति जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न तथा सहयोगको लागि समन्वय गर्न नेप्सोसका अध्यक्ष कँडेललाई संयोजक तोकेका थिए ।
विद्यार्थीहरुका समस्या समाधानका लागि राजदूतावासले बेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको र विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या आउन नदिन गैरआवासीय नेपाली संघ यूकेलगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुलाई पनि आफ्नो सहयोग मर्जिङ नेप्सोस मार्फत गर्न दूतावासले अनुरोध गरेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग