पोखरा । नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिनको तालिम लिएका छन् ।पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ इन्टिच्युटबाट विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन सिकेको होटल सञ्चालक विजय पौडेलले जानकारी दिनुभयो ।
“उहाँहरु विभिन्न देशका नागरिक हुनुहुन्छ, बन्दाबन्दीले नेपालभित्रै रहनुपरेपछि एकअर्काबीच साथी भएर ग्रुप बनाउनुभएको रहेछ, एकदिन हामीलाई नेपाली खाना बनाउने तालिम दिनुस् भनेर आउनुभयो, हामीले १० जनाको टोलीलाई तालिम दियौँ”, उहाँले भन्नुभयो, “उक्त टोलीमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, फ्रान्सलगायत देशका नागरिक रहेका छन् ।”
फ्रान्सका नागरिक माइकलले नेपाली खाना निकै स्वादिष्ट लागेको र पकाउँदा पनि निकै रमाइलो लागेको प्रतिक्रिया दिनुभयो । उहाँले अहिले लेकसाइडबाट थाइ मसाजको तालिम लिइरहेको बताउनुभयो । आफ्ना केही साथी पोखरा आसपासका पदयात्रामा गएकाले उनीहरु फर्केपछि साथीलाई पनि नेपाली खानाका थाली बनाउन तालीममा सहभागी गराउने उहाँको भनाइ थियो ।
प्रशिक्षकद्वय निश्चल देवकोटा र विजय सुवेदीले पर्यटकलाई नेपाली खाना बनाउन सिकाएका थिए । “निकै मेहनत र रुचिपूर्वक तालिममा सहभागी हुनुभयो छोटो समयमा पनि मीठो नेपाली खाना बनाउन उहाँहरु सफल हुनुभयो”, प्रशिक्षक देवकोटाले भन्नुभयो । पर्यटकले आफूले बनाएको नेपाली खाना सबैजना मिलेर खाएको अर्का प्रशिक्षक सुवेदीको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले एकदिन तालिममा दाल भात तरकारी, अचारलगायतको आइटम बनाउन सिकाएका थियौँ, निकै रुचिपूर्वक सिक्नुभयो ।” सुवेदीका अनुसार उनीहरुले बिहान ९ बजेदेखि दिउँसोको समयमा दालभात तरकारी अचारका आइटम बनाउन सिकेको थिए ।
कान्तिपुर होटल ट्रेनिङ इष्टिच्युटले २०६३ सालदेखि सञ्चालनमा आएयता करिब २६ हजारलाई कुक तालिम दिइसकेको छ । तालिम लिएका ६० प्रतिशत विदेशका विभिन्न होटल तथा तारे होटलमा कार्यरत छन् भने ४० प्रतिशत नेपालभित्रै रोजगार र स्वरोजगार रहेको सञ्चालक पौडेलले जानकारी दिनुभयो ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त