काठमाडौँ । मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
जोर गते जोर नम्बरका गाडी सञ्चालन गर्ने र बिजोर गतेमा बिजोर नम्बरका गाडी सञ्चालन गर्ने गरी आजदेखि उक्त व्यवस्था लागू भएको छ । आज बिहानैदेखि जोरबिजोर प्रणाली कार्यान्वयनमा प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज जोर नम्बरका मात्रै गाडी चलाउन पाइन्छ ।
गृह मन्त्रालयले बेलुका ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाउने गरेको निर्णय कार्यान्वयनमा थप कडाइ गर्नसमेत स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाका शहरी इलाकामा आजदेखि लागू हुने गरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालनाका लागि कडाइका साथ प्रस्तुत हुन पनि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । मापदण्ड नमान्नेलाई दण्ड जरिवाना गर्ने र उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमानाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने तथा होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र थप परीक्षणको व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्ला प्रशासनले भने मानिसहरुले स्वास्थ्य मापदण्ड नअपनाएकाले त्यसको अनुगमनमा कडाइ गरी कारवाही थालेको जनाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते