लन्डन । कोरोना भाइरसका कारण तमुधिं यूकेले आयोजना गर्ने मूख्य इभेन्ट मध्येको एक १२ औं नेपाली मेला यस वर्ष नहुने भएको छ ।
वर्षेनी झण्डै १० हजार भन्दा बढी नेपाली समुदायहरु एकैठाउँ जमघट गर्ने नेपाली मेला स्थगित भएको औपचारिक जानकारी यसै साता दिइने अध्यक्ष नन्दजंग गुरुङले जानकारी दिए ।
हरेक वर्ष बेलायतवासी नेपाली समुदायलाई एकै थलोमा जम्मा गराई ‘मिनी नेपाल’को सम्झना गराउने नेपाली मेलालाई विशेष दिनका रुपमा लिने गरिएको छ । यसवर्षको नेपाली मेला यही ३० अगस्ट आईतबार हुँदै थियो । कोरोनाकै कारण कार्यक्रम गर्न नसक्ने अवस्था आएपछि गुरुङले बेलायतवासी नेपाली समुदायलाई जानकारी दिन बाध्य भएको बताए ।
नेपालका विभिन्न संस्कृति र पहिचानलाई विदेशमा समेत प्रस्तुत गरिने नेपाली मेला तमुधिं यूकेको ठूलो इभेन्ट हो । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा विगत १२ वर्षदेखि हरेक वर्ष नेपाली मेला नियमित रुपमा गर्दै आएको छ ।
तमुधिं यूकेले आयोजना गरेपनि यो सबै जातजाती र वर्ग अटाउने साझा मेला भएको अध्यक्ष नन्दजंग गुरुङ बताउँछन् । मेलामा लन्डनस्थित नेपाली राजदूत, लन्डन मेयर र नेपालका मन्त्री समेत बोलाउने गरिएको थियो । मेलामा युवाहरुका लागि लाइभ म्यूजिकसहित विभिन्न संघसंस्थाको झांकी र नृत्य समावेश हुने गरेका थिए । तमुधिं यूकेले स्थानीय व्यवसायीहरुलाई फुड र अन्य स्टल समेत अवसर समेत प्रदान गर्ने गरेको थियो ।
नेपालबाट टाढा भएपनि नेपाली भाषा, कला संस्कृति र पहिचान संरक्षण गर्नुपर्छ भन्ने परिकल्पनासहित नेपाली मेला नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि शुरु भएको थियो । । लन्डन रिचमण्डदेखि केम्पटन पार्क रेस कोर्ससम्म आइपुग्दा नेपाली मेलाको आकर्षण झन् बढिरहेको थियो ।
यसअघि तमुधिंकै आयोजना गत मे २४ मा निर्धारण गरिएको १८ औं गोर्खाकप स्थगित भएको थियो । कोरोना भाइरसका कारण बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट प्रभावित भएको थियो । भिडियो कन्फरेन्समार्फत सम्पन्न तमुधिं यूके बैठकले कोरोना संकटका कारण उत्पन्न असहजताका कारण गोर्खाकप यसअघिको तोकिएको मितिमा स्थगित गर्ने निर्णय गरेको थियो ।
कोरोना भाइरसको संक्रमणका कारण र बेलायत सरकारको स्वास्थ्य निर्देशिकालाई मध्यनजर गर्दै गोर्खाकप स्थगनको निर्णय गरिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?