लन्डन । कोरोना भाइरसका कारण तमुधिं यूकेले आयोजना गर्ने मूख्य इभेन्ट मध्येको एक १२ औं नेपाली मेला यस वर्ष नहुने भएको छ ।
वर्षेनी झण्डै १० हजार भन्दा बढी नेपाली समुदायहरु एकैठाउँ जमघट गर्ने नेपाली मेला स्थगित भएको औपचारिक जानकारी यसै साता दिइने अध्यक्ष नन्दजंग गुरुङले जानकारी दिए ।
हरेक वर्ष बेलायतवासी नेपाली समुदायलाई एकै थलोमा जम्मा गराई ‘मिनी नेपाल’को सम्झना गराउने नेपाली मेलालाई विशेष दिनका रुपमा लिने गरिएको छ । यसवर्षको नेपाली मेला यही ३० अगस्ट आईतबार हुँदै थियो । कोरोनाकै कारण कार्यक्रम गर्न नसक्ने अवस्था आएपछि गुरुङले बेलायतवासी नेपाली समुदायलाई जानकारी दिन बाध्य भएको बताए ।
नेपालका विभिन्न संस्कृति र पहिचानलाई विदेशमा समेत प्रस्तुत गरिने नेपाली मेला तमुधिं यूकेको ठूलो इभेन्ट हो । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा विगत १२ वर्षदेखि हरेक वर्ष नेपाली मेला नियमित रुपमा गर्दै आएको छ ।
तमुधिं यूकेले आयोजना गरेपनि यो सबै जातजाती र वर्ग अटाउने साझा मेला भएको अध्यक्ष नन्दजंग गुरुङ बताउँछन् । मेलामा लन्डनस्थित नेपाली राजदूत, लन्डन मेयर र नेपालका मन्त्री समेत बोलाउने गरिएको थियो । मेलामा युवाहरुका लागि लाइभ म्यूजिकसहित विभिन्न संघसंस्थाको झांकी र नृत्य समावेश हुने गरेका थिए । तमुधिं यूकेले स्थानीय व्यवसायीहरुलाई फुड र अन्य स्टल समेत अवसर समेत प्रदान गर्ने गरेको थियो ।
नेपालबाट टाढा भएपनि नेपाली भाषा, कला संस्कृति र पहिचान संरक्षण गर्नुपर्छ भन्ने परिकल्पनासहित नेपाली मेला नेपाली दूतावास र विभिन्न संघसंस्थाको सहयोगमा सन् २००८ देखि शुरु भएको थियो । । लन्डन रिचमण्डदेखि केम्पटन पार्क रेस कोर्ससम्म आइपुग्दा नेपाली मेलाको आकर्षण झन् बढिरहेको थियो ।
यसअघि तमुधिंकै आयोजना गत मे २४ मा निर्धारण गरिएको १८ औं गोर्खाकप स्थगित भएको थियो । कोरोना भाइरसका कारण बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट प्रभावित भएको थियो । भिडियो कन्फरेन्समार्फत सम्पन्न तमुधिं यूके बैठकले कोरोना संकटका कारण उत्पन्न असहजताका कारण गोर्खाकप यसअघिको तोकिएको मितिमा स्थगित गर्ने निर्णय गरेको थियो ।
कोरोना भाइरसको संक्रमणका कारण र बेलायत सरकारको स्वास्थ्य निर्देशिकालाई मध्यनजर गर्दै गोर्खाकप स्थगनको निर्णय गरिएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते