गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।
जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । “पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।”
पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह