कीर्ते गर्ने वकिलको लाइसेन्स चट

काठमाडौँ ।  नेपाल कानून व्यवसायी परिषद्ले कीर्ते जालसाजी मुद्दामा सजाय पाएका अधिवक्ता पुष्णप्रसाद गौतम (प्र.प.न १२०१०) लाई कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ ।

परिषद्अन्तर्गतको अनुशासन समितिको आज बसेको बैठकले ललितपुर जिल्ला अदालत बारका एकाइका सदस्यसमेत रहनुभएका अधिवक्ता गौतमको कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

परिषद्का सदस्यसचिव रामहरि काफ्लेका अनुसार कीर्ते जालसाजी मुद्दामा सजाय भएका अधिवक्ता गौतमको अनुशासन समितिको आजको बैठकले कानून व्यवसायी प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री