भूपू गोरखा अभियन्ता स्वर्गीय गुरुङको सम्झनामा बिजिनेसाद्वारा श्रद्धान्जलीसभा

लण्डन। ब्रिटिश गोरखा नेपाल भूतपूर्व सैनिक (बिजिनेसा) युकेले भूतपूर्व सांसद मेजर रिटायर्ड मेजर दीपक बहादुर गुरुङ एमभिओको असामयिक निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।

साउथ इस्ट लण्डनको प्लमस्टिडस्थित जिगेसा हलमा शुक्रबार स्वर्गीय गुरुङको तस्वीरमा फूलमाला चढाई शोकाकूल परिवारप्रति हादि॔क समवेदना प्रकट गरेका हुन् ।

नेपाल भूपू सैनिक संघका पूर्वअध्यक्ष समेत रहेका स्वर्गीय गुरुङको गत जुलाईमा काठमाडौँ नर्भिक अस्पतालमा निधन भएको थियो। कोभिड-१९ को सामाजिक दुरी कायम गरी शोकसभा गरिएको थियो । बिजिनेसा युकेका सभापति केशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त शोक सभामा उपाध्यक्ष दिल जिसी, कोषाध्यक्ष डम्बर गुरुङ,भोजप्रसाद गुरुङ, खुमबहादुर गुरुङ, दुर्गा राना, एनआरएनए आइसीसी सदस्य तथा आरजीएनएस उपाध्यक्ष लीलादेवी गुरूङ्ले स्वर्गीय गुरुङको सामाजिक योगदानको चर्चा गरेका थिए । शोक सभाको संचालन सचिव हरिकुमार मल्लले गरेका थिए ।

सभामा बिजिनेसाका महासचिव तर्कजङ गुरुङको स्वर्गीय पिता भूपू राष्ट्रिय पञ्चायत सदस्य नन्दजङ गुरुङको अल्डरसटस्थित केयर होममा भएको असामयिक निधनमा शोकाकूल परिवारप्रति पनि हादि॔क समवेदना प्रकट गरिएको थियो । सभामा वहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै फूल र खादा ओढाएर तस्वीरमा माल्यार्पण गरी हार्दिक श्रदान्जली अर्पण समेत गरियो।

नन्दजङ गुरुङ २०२१ सालमा लमजुङ जिल्लाबाट राष्टिय पञ्चायत सदस्य भएका थिए । २००९ सालदेखि श्रीमती र छोरा तर्कजङसँग युकेमा बसोबास गदै॔ आएका थिए । उनको “नन्दजङ गुरुङ आत्मकथा” नामक पुस्तक प्रकाशित छ ।

त्यसैगरी कार्यक्रममा बिजिनेसाका कोषाध्यक्ष डम्बरबहादुर गुरुङको सासुआमा आईराति गुरुङको असामयिक निधनमा शोकाकूल परिवारप्रति हादि॔क समवेदना प्रकट समेत गरिएको थियो । उनको पनि चिरशान्तिको कामना गर्दै फूल र खादाले तस्वीरमा माल्यार्पण गरिएको थियो। सभाका सभापति एवम् बिजिनेसा सभापति गुरुङले तीन जनाकै छोटो जफवनी प्रस्तुत गरेका थिए ।

स्वर्गीय भूपू सांसद एवं मेजर दिपक बहादुर गुरुङ एमभिओ को हुन् ?

बाबा स्वर्गीय सुबेदार काशीराम र आमा स्वर्गीय माइतीको कोखबाट ताङतिङ घोथानेथर मामली घरमा जन्मेका गुरुङ ब्रिटिश सेनामा ३० वर्ष सेवा गरेर मेजर पदबाट अवकास लिएका थिए । उनले भूप सैनिक संघको १९९० मा स्थापना गरी ब्रिटिश गोरखाको हक र हितको लागी काम गरे । यसैगरी नेपाली कांग्रेस पार्टीबाट राष्ट्रिय सभाको सदस्यमा ६ वर्ष कार्यकाल बिताए । नेपाल भूतपूर्व सैनिक संघका संस्थापक तथा तमू बौद्ध सेवा समिति नेपालका संस्थापक तथा पूर्वअध्यक्ष समेत रहेका गुरुङले ब्रिटिस सेनाका अधिकृतहरुलाई नेपाली भाषा सिकाउने काम समेत गरे ।

क्याप्टेन रामबहादुर लिम्बु भिसीलाई अंग्रेजी राम्ररी नआउने भएकाले उनको सहयोगी भई स्वर्गीय गुरुङले लण्डनको बकिङघम दरबारमा डेढ वर्ष काम गरेका थिए । उक्त अवधिमा ब्रिटिस प्रधानमन्त्री मार्गरेट थ्याचरलगायत धेरै उच्चपदस्थ मन्त्री तथा सांसदहरुसित परिचित हुने मौका पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री