
साउथिन्ड, बेलायत – बेलायतको साउथिन्डमा जारी गो कार्डलेस स्वीस इङ्ल्यान्ड डाइभिङ नेसनल एज ग्रुप च्याम्पियनसिपमा नेपाली मूलका सेवास्टियन कारन्जितले उपविजेताको उपाधि हात पार्न सफल भएका छन्।
९ देखि ११ वर्ष उमेर समूहका छात्रहरूबीचको प्रतिस्पर्धामा ‘ओपन डी’ समूहतर्फ कारन्जित झीनो अन्तरले विजेता बन्न चुकेका हुन्। उनले सिटी अफ सेफिल्ड डाइभिङ क्लबबाट प्रतिनिधित्व गरेका थिए।
उक्त समूहमा साउथिन्ड डाइभिङ क्लबका ब्यू ब्यारीले १५२.५० स्कोरसहित पहिलो स्थान हासिल गर्दा कारन्जितले १५१.७० स्कोरसहित दोश्रो स्थान प्राप्त गरे। तेस्रो स्थानमा सिटी अफ ब्राडफोर्ड स्पिरिट डाइभिङका टोबियास ग्रोब्स रहेका छन्।
प्रतियोगितामा सहभागी सबै डाइभरहरू बेलायतका विभिन्न क्षेत्रीय च्याम्पियनसिपमार्फत छनोट भई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न आएका थिए।
दाजुको पछिपछि लाग्दै छ वर्षको उमेरदेखि सेवास्टियन डाइभिङमा लागेका हुन् । सेवास्टियनका दाजु पहिले डाइभिङमा लागे पनि अहिले भने उनले डाइभिङ छोडिसके । उनी भने अहिले पर्फमिङ आर्टमा लागेका छन् ।
सेवास्टियन भविष्यमा डाइभिङमा ओलम्पिकमा प्रतिस्पर्धा गर्न चाहन्छन् ।
सेवास्टियनका मातापिता दुवै व्यावसायिक खेलाडी भने होइनन् । प्रदिप बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा महाप्रबन्धक छन् ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता