
अल्डरसट, यूके – नेपाली संगीत र संस्कृतिको गौरवपूर्ण प्रदर्शनका लागि देब्रे इभेन्ट्स लिमिटेडले आयोजना गर्न लागेको ‘लाउड आउट २०२५’ आगामी भदौ १३ गते, शनिबार (अगस्ट ३०, २०२५) एल्डरसटको रश्मोर एरिनामा भव्य रूपमा सम्पन्न हुने भएको छ।
दिउँसो १ बजेदेखि बेलुकी १० बजेसम्म चल्ने यस एकदिने सांगीतिक महोत्सवमा नेपालको चर्चित र लोकप्रिय कलाकारहरू विपुल क्षेत्री र उनको ‘द ट्राभलिङ ब्यान्ड’, सविन राई र उनको ‘द फैरो’, स्वर ब्यान्ड, याबेश थापा र जेम्सीले आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल, सञ्चारकर्मी र सामाजिक अभियन्ता माल्भिका सुब्बाले गर्नेछिन् भने संगीतकर्मी युभेनब्ल्याकले सह–सञ्चालकको भूमिकामा रहनेछन्। त्यसैगरी, दिनभर कलाकारहरूका प्रस्तुति बीचमा डिजे स्क्याजीले संगीत बजाएर दर्शकलाई झुमाउनेछन्।
नेपाली संगीतसँगै, महोत्सवमा नेपाली स्ट्रीट फुड, नेपाली व्यवसायहरूको पप-अप स्टलहरू, र बाह्रसिंघे बियरको स्वाद पनि लिन सकिनेछ।
कार्यक्रमको स्थान एल्डरसटको फ्लीट रोडमा रहेको रश्मोर एरिना हो। पार्किङ सुविधा उपलब्ध हुनेछ। वाइफाइ सीमित हुन सक्ने भएकाले आयोजकले सहभागीहरूलाई आफ्ना ई-टिकटको क्यूआर कोड पहिले नै डाउनलोड गर्न आग्रह गरेका छन्।
देब्रे इभेन्ट्सले विगतका वर्षहरूमा यूकेको नेपाली समुदायका लागि उल्लेखनीय सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसपटकको ‘लाउड आउट २०२५’ अहिलेसम्मकै ठूलो, जमाउने र अविस्मरणीय बनाउने लक्ष्यसहित आयोजना हुँदैछ।
संगीतप्रेमीहरूका लागि यो गर्मीको सबैभन्दा प्रतीक्षित कार्यक्रम मानिएको यस महोत्सवमा सहभागिता जनाएर नेपाली संगीत, संस्कृति र समुदायको उत्सवमा रमाउन आयोजकले सबैलाई आह्वान गरेका छन्।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन