
अल्डरसट, यूके – नेपाली संगीत र संस्कृतिको गौरवपूर्ण प्रदर्शनका लागि देब्रे इभेन्ट्स लिमिटेडले आयोजना गर्न लागेको ‘लाउड आउट २०२५’ आगामी भदौ १३ गते, शनिबार (अगस्ट ३०, २०२५) एल्डरसटको रश्मोर एरिनामा भव्य रूपमा सम्पन्न हुने भएको छ।
दिउँसो १ बजेदेखि बेलुकी १० बजेसम्म चल्ने यस एकदिने सांगीतिक महोत्सवमा नेपालको चर्चित र लोकप्रिय कलाकारहरू विपुल क्षेत्री र उनको ‘द ट्राभलिङ ब्यान्ड’, सविन राई र उनको ‘द फैरो’, स्वर ब्यान्ड, याबेश थापा र जेम्सीले आफ्नो प्रस्तुति दिनेछन्।
कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल, सञ्चारकर्मी र सामाजिक अभियन्ता माल्भिका सुब्बाले गर्नेछिन् भने संगीतकर्मी युभेनब्ल्याकले सह–सञ्चालकको भूमिकामा रहनेछन्। त्यसैगरी, दिनभर कलाकारहरूका प्रस्तुति बीचमा डिजे स्क्याजीले संगीत बजाएर दर्शकलाई झुमाउनेछन्।
नेपाली संगीतसँगै, महोत्सवमा नेपाली स्ट्रीट फुड, नेपाली व्यवसायहरूको पप-अप स्टलहरू, र बाह्रसिंघे बियरको स्वाद पनि लिन सकिनेछ।
कार्यक्रमको स्थान एल्डरसटको फ्लीट रोडमा रहेको रश्मोर एरिना हो। पार्किङ सुविधा उपलब्ध हुनेछ। वाइफाइ सीमित हुन सक्ने भएकाले आयोजकले सहभागीहरूलाई आफ्ना ई-टिकटको क्यूआर कोड पहिले नै डाउनलोड गर्न आग्रह गरेका छन्।
देब्रे इभेन्ट्सले विगतका वर्षहरूमा यूकेको नेपाली समुदायका लागि उल्लेखनीय सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसपटकको ‘लाउड आउट २०२५’ अहिलेसम्मकै ठूलो, जमाउने र अविस्मरणीय बनाउने लक्ष्यसहित आयोजना हुँदैछ।
संगीतप्रेमीहरूका लागि यो गर्मीको सबैभन्दा प्रतीक्षित कार्यक्रम मानिएको यस महोत्सवमा सहभागिता जनाएर नेपाली संगीत, संस्कृति र समुदायको उत्सवमा रमाउन आयोजकले सबैलाई आह्वान गरेका छन्।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा