
लन्डन । नेपाललाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ अगस्ट दोस्रो साता बेलायत आउनु हुने भएको छ ।
तमुधीं यूकेको १६ औं नेपाली मेलालगायत बेलायतमा विभिन्न संघ संस्थाको कार्यक्रममा सहभागी हुन घिसिङ यहाँ आउन लाग्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ ।
घिसिङले १०/११ अगस्टमा अमेरिका भ्रमणबाट सिधै बेलायत आउने तयारीमा रहेको जानकारी दिनुभएको छ । तमुधीं यूकेको यस वर्ष नेपाली मेला २४ अगस्टमा केम्पर्टन पार्कमा हुँदैछ ।
यसैबीच घिसिङ बेलायत आउनुहुने भएपछि गैर आवासीय नेपाली संघ बेलायतले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ राखेको छ । सो अवसरमा घिसिङकै हातबाट पुनः नियुक्त भएका संघका सल्लाहकारहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो ।
अध्यक्ष गाहामगरले प्रमाणपत्रसहित सम्मान गरिने हुँदा सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि बेलैमा बिदा प्रबन्ध गर्न अनुरोध गर्नुभएको छ । कुल २२ हजार ५५३ पन्जीकृत सदस्यहरुले म्याण्डेट दिएबमोजिम २७ मार्चमा निर्वाचित यस कार्यसमिति नै आधिकारिक भएकाले कुनै पनि भ्रममा नपर्न पनि गाहामगरले अनुरोध गर्नुभएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा