
लन्डन । नेपाललाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ अगस्ट दोस्रो साता बेलायत आउनु हुने भएको छ ।
तमुधीं यूकेको १६ औं नेपाली मेलालगायत बेलायतमा विभिन्न संघ संस्थाको कार्यक्रममा सहभागी हुन घिसिङ यहाँ आउन लाग्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ ।
घिसिङले १०/११ अगस्टमा अमेरिका भ्रमणबाट सिधै बेलायत आउने तयारीमा रहेको जानकारी दिनुभएको छ । तमुधीं यूकेको यस वर्ष नेपाली मेला २४ अगस्टमा केम्पर्टन पार्कमा हुँदैछ ।
यसैबीच घिसिङ बेलायत आउनुहुने भएपछि गैर आवासीय नेपाली संघ बेलायतले घिसिङसँग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ राखेको छ । सो अवसरमा घिसिङकै हातबाट पुनः नियुक्त भएका संघका सल्लाहकारहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम रहेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो ।
अध्यक्ष गाहामगरले प्रमाणपत्रसहित सम्मान गरिने हुँदा सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि बेलैमा बिदा प्रबन्ध गर्न अनुरोध गर्नुभएको छ । कुल २२ हजार ५५३ पन्जीकृत सदस्यहरुले म्याण्डेट दिएबमोजिम २७ मार्चमा निर्वाचित यस कार्यसमिति नै आधिकारिक भएकाले कुनै पनि भ्रममा नपर्न पनि गाहामगरले अनुरोध गर्नुभएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु