
लन्डन । गोर्खा भूतपूर्व सैनिकहरूले समान पेन्सनलगायतको मागलाई लिएर बेलायती संसद् भवनअगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
गोर्खा संगठनहरूको साझा मञ्च जी-१० को आयोजनामा १ जुलाई २०२५ मा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सयौं गोर्खा भूपू सैनिक तथा अधिकारकर्मी सहभागी थिए ।
गेसो सभापति कृष्णकुमार राईले भन्नुभयो, ‘हामी अहिले सही दिशातर्फ अगाडि बढिरहेका छौँ। एकताको शक्ति यही प्रदर्शनमार्फत फेरि देखिएको छ। अब टुटफुट नगरी, अझ सशक्त कार्यक्रमहरू गर्दै जानुपर्छ।’
प्रदर्शनमा सहभागीहरुका अनुसार, गत १२ जूनमा लन्डन दूतावासमा भएको प्राविधिकस्तरीय वार्तामा समान पेन्सनको विषयमा सकारात्मक संकेत देखिएकोले त्यसबारे भूपू गोर्खाहरुलाई जानकारी दिने र एकताबद्ध रहेको सन्देश दिन प्रदर्शन आयोजना गरिएको हो ।
सहभागीहरूले ट्राफलगर स्क्वायरमा भेला भई गोर्खा सालिकमा रिथ अर्पण गरेपछि मार्चसहित गर्दै पार्लियामेन्ट स्क्वायर पुगेका थिए । कार्यक्रमका दौरान सांसदहरू, पत्रकारहरू र कूटनीतिक निकायहरूलाई गोर्खा मुद्दामा हालसम्मको प्रगतिको जानकारी गराइएको गेसो सभापति राईले बताउनुभयो । उहाँले इमिग्रेसन र वेलफेयर सम्बन्धित वार्ता भए पनि यसपटक भने पेन्सन मुद्दा मुख्य एजेन्डा बनेको र त्यसमा वार्ता सकारात्मक मोडमा पुगेको जानकारी गराउनुभयो ।
वार्ता समिति सदस्य तथा गेसो उपसभापति धर्मबहादुर तामाङले नेपाल सरकार गम्भीर बनेमा वार्ता छिट्टै निष्कर्षमा पुग्ने आशा व्यक्त गर्नुभयो ।

नेपाल सरकार, भूतपूर्व गोर्खा सैनिक र बेलायत सरकारको बीचमा १२ जूनमा भएको वार्तामा नेपाल सरकारको पक्षबाट दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले नेतृत्व गर्नुभएको थियो भने सैनिक सहजचरी महासेनानी अनुप शाह पनि वार्तामा उपस्थित हुनुहुन्थ्यो । बेलायत सरकारका तर्फबाट जी स्मिथ, सि सिलह, कर्णेल डी रबिन्सन, ए हाइपर र जी हस्टेड सहभागी हुनुहुन्थ्यो ।
भूतपूर्व गोर्खा सैनिकहरूका तर्फबाट तथा जी टेनको तर्फबाट मेजर जुदबहादुर गुरुङ, बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपी, जीपीआईजीका संयोजक मेजर उदयबहादुर गुरुङ एमबीई, अनसनकर्ताहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राई,बिजीनेसाका सभापति केशबहादुर गुरुङलगायत सहभागी हुनुहुन्थ्यो ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता