कुलमान घिसिङको उपस्थितिमा एनआरएनए यूकेको सल्लाहकार सम्मान

लन्डन । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार सम्मान हुने भएको छ ।

एनआरएनए यूकेले घिसिङसँग आगामी १५ अगस्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ राखेको छ । सो अवसरमा घिसिङकै हातबाट पुनः नियुक्त भएका संघका सल्लाहकारहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।

अध्यक्ष प्रेम गाहामगरले सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्नुभएको छ । कुल २२ हजार ५५३ पन्जीकृत सदस्यहरुले म्याण्डेट दिएबमोजिम २३ मार्चमा निर्वाचित यस कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै उहाँले कुनै पनि भ्रममा नपर्नसमेत अनुरोध गर्नुभएको छ ।

घिसिङ अगस्ट दोस्रो साता यूके आउने तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री