सुप्रमा–ईप्रमा पुरस्कार २०२५ का लागि पुस्तक आह्वान

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले प्रदान गर्दै आएको सुप्रमा–ईप्रमा पुरस्कार २०२५ का लागि पुस्तक पठाउन आह्वान गरिएको छ । नेपाली भाषामा जुन २०२३ देखि मे २०२५ भित्र प्रकाशित भएका कुनै पनि विधाका उत्कृष्ट कृति पठाउन सकिनेछ।

पुरस्कारका लागि इच्छुक लेखक, प्रकाशक वा प्रतिनिधिले पुस्तकका ३ प्रति आगामी जुलाई १० (२०७५ असार २५) भित्र पठाइसक्नुपर्ने अनेसास यूके अध्यक्ष राज श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कारमा सम्मानपत्रसहित ५०१ स्टर्लिङ पाउन्ड राशिको व्यवस्था गरिएको छ ।

पुरस्कार समर्पण कार्यक्रम आगामी अगस्टमा लन्डनमा हुनेछ । पुस्तक पठाउने ठेगाना बेलायतमा अनेसास यूके अध्यक्ष राज श्रेष्ठ र नेपालमा एपेक नेपाल, काठमाडौं रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री