एनआरएनए यूकेका १४ हजार पंजिकृत सदस्य मध्ये आधाको विवरण अपुरो


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पंजिकृत सदस्यहरुको तथ्यांक मध्ये आधाजसोको विवरणमा नाम  र ठेगाना अपुरो रहेको भेटिएको छ । झण्डै १४ हजार पंजिकृत सदस्य रहेको एनआरएन यूकेको तथ्यांक केलाउँदा अधुरो रहेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका हुन । गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) प्रणालीका लागि आईसिसिले पुन: विवरण मागेपछि पंजिकृत सदस्यहरु मध्ये झण्डै ५० प्रतिशतको तथ्याकं विवरणमा नाम  र ठेगाना फरक फरक रहेकाले नभेटिएको उनले बताए । अघिल्लो कार्यसमितिले पंजिकृत सदस्यहरुको नामावली संस्थागत रुपमा नबुझाउँदा यस्तो समस्या आएको आरोप भट्टराईको छ । ‘सम्पूर्ण विवरणहरुका भएका पंजिकृतलाई पहिलो चरणमा डिजिटल परिचय पत्र उपलव्ध गराउन आईसिसि महासचिव शर्मा सहमत भएका छन । उहाँले विगत प्राप्त विरणका कारणमा रिइन्ट्री गर्छु भन्नु भएको छ,’ उनले भने , ‘निर्वाचनताका बुझाएका विवरणहरु चुस्त दुरुस्त भएकाले डिजिटल परिचयपत्र पहिलो चरणमा पाउँछन ।’

एनआरएनए यूकेले गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) प्रणाली जाने निर्णय गरिसकेकाले पंजिकृत सदस्यका नाम केलाउदा नभेटिका सदस्यहरु संग पुन: विवरण माग्ने तयारी समेत गरेको छ । कतिपय पंजिकृत सदस्यहरुको इमेल अद्यावधी नभएको, धेरैको पोष्ट कोड र घर नम्बर नमिलेको तथा सम्पर्क नम्बरहरु नमिलेकोलगायतका समस्या छन । निर्वाचनताका उम्मेदवारले आ आफ्ना भोटरको भरिदिनाले यस्तो समस्या आएको बताइन्छ ।
शर्माले गत अक्टोबरमा प्राप्त विवरण केलाउनुको सट्टा नयाँ नामावली माग गरेपछि एनआरएन यूकेले प्राप्त नामावलीहरुको परिचय वितरण गर्न दवाव दिएको छ । यूकेले काठमाडौंमा भएको नवौं सम्मेलनमा पन्जिकृत सदस्यहरुका नामावलीसहितको डाटा र  ७० लाख ३३ हजार रुपैयाँ रकम संघलाई तिरेको थियो । त्यही विवरणका आधारमा संघले अमेरिकालगायत केही शाखाहरुमा डिजिटल परिचयपत्र वितरण गरिसकेको छ ।

यसैवीच, संघको एमआईएस सिस्टममा पन्जिकृत सदस्यहरुले प्रवेश पाएपछि एनआरएनए यूके सदस्यहरुले आफ्नो डिजिटल आईडि कार्ड आफ्नो फोनमा डाउनलोड गर्न सक्ने छन् । गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा शाखाहरुमा परिचयपत्र वितरण गर्ने योजना छ । नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ । संघले सचिव गौरी जोशीको संयोजकत्वमा स्मार्ट एनआरएनए कार्यदल गठन गरेको छ।

संघको डिजिटल परिचयपत्र बाहकले नेपालमा स्वास्थ्य, शिक्षा, क्याटरिङ्ग, बैंकिङ्ग लगायतका क्षेत्रमा भारी छुट पाउने व्यवस्था गरिएको जनाएको छ । यद्यपि संघमा बसेका कतिपय पदाधिकारीहरुकोले व्यक्तिगत विवरण दुरुपयोग गर्ने हुन् कि भनेर धेरैले चिन्ता लिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री