रियो डि जानेरो । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभाव ब्राजिलमा पछिल्लो समयमा निकै देखिएको बताइएको छ । ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । गएको २४ घन्टामा यहाँ १ हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १३४ पुगेको बिहीबार प्राप्त भएको समाचारमा स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
सङ्क्रमितको संख्या यहाँ कम्तीमा पनि २५ लाख पुगेको पनि ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार दिएको जानकारीअनुसार यहाँका ९० हजार भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
ब्राजिलमा अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । यहाँ अझै ठूलो संख्यामा नागरिक सङ्क्रमित भएको आशंका गरिएको छ । तर पनि परीक्षणको संख्या बढाउनुपर्ने उनीहरुको भनाई छ ।
कतिपयले ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले कोरोनाको सङ्क्रमणलाई गम्भीरताका साथ नलिएका कारण यस्तो अवस्था आएको बताएकमा छन् । यहाँ शुरु शुरुमा लकडाउन गरिएको थिएन । ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले लकडाउनको विरोध गर्नेहरुलाई समर्थन गरिरहेको आरोप लगाइएको थियो ।
यसै कारणले पनि यहाँ ठूलो संख्यामा सङ्क्रमण फैलिएको बताउने गरिएको छ । हाल ब्राजिलमा दैनिक ५० हजार भन्दा बढी मानिस सङ्क्रमित हुने गरेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते