काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित् कालसम्मका लागि स्थगित भएको छ । बैठकमा पेश गरिने प्रस्ताव तयार नभएको भन्दै बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । पार्टीको आन्तरिक विवादका विषयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन बाँकी रहेकाले थप परामर्शका लागि बैठक स्थगित गरिएको छ ।
त्यस्तै, यसअघि बसेको नेकपाको सचिवालय बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पनि बैठक स्थगित गरिएको सल्लाहकार थापाले जानकारी दिए। बैठक आज बिहान ११ बजेका लागि तय गरिएको थियो । गत असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठक १८ गतेपछि बस्न सकेको छैन ।
पटकपटक गरी बैठक स्थगित गरिँदैआए पनि दुई अध्यक्षबीच भने वार्ता र संवाद जारी छ । पछिल्लो सात दिनको समयमा दुई अध्यक्षबीच एक पटक गत शुक्रबार वार्ता भएको थियो । सोपछि दुई अध्यक्षबीच संवाद हुन सकेको छैन ।
दुवै अध्यक्षले आफ्नो पक्षका नेताहरूसँग समूह (गुट) भेला गर्दै आउनुभएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि विवाद चुलिएको हो । स्थायी कमिटी बैठक शुरु भएको महिना दिनभन्दा बढी समय व्यतीत भएपनि दुई अध्यक्षबीच सहमति हुन नसक्दा स्थायी कमिटी बैठक अन्यौलमा पर्दैगएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते