बार्सिलोना। (जीएनएन) स्पेनमा कोरोनाभाईरस संक्रमितहरुको संख्या ह्ववात्तै बढ्न थालेपछि चिन्ता ब्यक्त गरिएको छ। जुलाई तेस्रो सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमितहरु भेटीएपछि चिन्ता ब्यक्त गरिएको हो। स्पेनका १७ वटा क्षेत्रहरुमध्ये १० बढी क्षेत्रमा पुन कोरोनाभाईरस संक्रमण भेटिएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। फ्रान्सले शुक्रबार क्याटालोनियामा यात्रा नगर्न सिफारिस गरेको छ।
“हामी फ्रान्सेली नागरिकहरुलाई जोडतोडका साथ आग्रह गर्दछौं कि त्यहाँको अवस्था सुधार नभएसम्म त्यस क्षेत्रमा नजानुहोस्,” प्रधानमन्त्री जीन क्यास्टेक्सले शुक्रबार भने। नर्वेले पनि स्पेनमा आएका यात्रीहरुलाई शनिबारदेखि १० दिनको क्वारेन्टाइन बस्नुपर्ने जनाएको छ। यता स्पेनको विदेश मन्त्रालयले हाल स्पेनका यात्रीहरूमाथि प्रतिबन्ध लगाउने देशहरूको सूची प्रकाशित गरेको छ। स्पेनका रक्षामन्त्री मार्गारीता रोबल्सले देशभर आपतकालिन अबस्था घोषणा गर्ने कुनै योजना नरहेको बताएका छन्। एक निजी टेलिभिजनलाई शुक्रबार अन्तरबार्ता दिदै क्षेत्रीय सरकारहरु आफैंले संकटको व्यवस्थापन गर्नुपर्ने तर्फ संकेत गरेका छन्। क्याटालोनिया सरकारका प्रमुख क्विम तोराले १० दिन भित्रमा अबस्था सामान्य नभएमा कडा कदम चाल्नुपर्ने बताएका छन्।
“अवस्था अत्यन्त गम्भीर छ। प्रकोपमा भएको वृद्धि चिन्ताको विषय हो, ”सोमबार पत्रकार सम्मेलनमा क्षेत्रीय नेताले भने। “हामी १० महत्त्वपूर्ण दिनहरूको सामना गरिरहेका छौं, सबैको ऐक्यबद्धताका साथ हामी यो कठिन अवस्थालाई सुस्त पार्न सक्षम छौं कि छैन भनेर पत्ता लगाउने छौ। अबस्था बिग्रदै गएमा कडा कदम चाल्नु पर्ने बाध्यता छ।”पत्रकार सम्मेलनमा, टोराले व्यक्तिगत जिम्मेवारी देखाउन, सामाजिक सम्पर्क घटाउन र एकै परिवारका सदस्यहरूमा भेला सीमित पार्न अपील गरेका छन्।
स्पेनबाट फर्केका यात्रुहरूले १४ दिनसम्म क्यान्टाईनमा बस्नुपर्ने
बेलायत सरकारले स्पेनबाट फर्केका यात्रुहरूले १४ दिनसम्म क्यान्टाईनमा बस्नुपर्ने आईबार निर्णय गरेपछि स्पेनमा हलचल मच्चिएको छ। कोरोनाभाइरस वृद्धिको कारण बेलायतले स्पेनलाई उसको यात्रा सूचीबाट हटाउने निर्णय गरेको हो। यो लगत्तै ब्रिटन र आयरल्यान्डको सबैभन्दा ठूला टूर अपरेटर टीयूआईले बेलायतबाट मुख्य भूमिबाट स्पेनका सबै उडानहरू अगस्ट सम्मका लागि रद्द गरेका छन्।
यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले स्पेनमाथि ब्रिटेनले लगाएको प्रतिबन्धप्रति असन्तुष्टि ब्यक्त गरेका छन्। सोमबार सामाजिक संजाल फेसबुक मार्फत प्रधानमन्त्री सान्चेसले स्पेनको अधिकांश भाग यूरोपियन औसत र बेलायतभन्दा पनि कम संक्रमण रहेको बताएका छन्।
“हामी बेलायती अधिकारीहरूसँग छलफल गरिरहेका छौं। मापदण्डको आधारमा निर्णय लिन अनुरोध गरेका छौ। छिट्टै समाधान खोज्ने आशा गर्दछौं। स्पेन पर्यटनको लागी एक सुरक्षित गन्तव्य हो। म व्यक्तिगत जिम्मेवारीको लागि अपील गर्दछु,तपाईंले सामाजिक दूरी राख्नुहोस्, आफ्नो हात धुनुहोस् र मास्क लगाउनुहोस्।”
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]