बेलायत जीतको नजिक

बेलायत । इंग्ल्यान्ड वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको तेस्रो दिन आइतबार जितको संघारमा पुगेको छ । जितका लागि ३ सय ९९ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिङ्समा १० रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको छ ।

टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्ल्यान्डले यो खेल आफ्नो पक्षमा पारे तीन टेस्टको सिरिज २–१ ले जित्न सक्नेछ । इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्स दुई विकेट गुमाएर २ सय २६ मा सकेको घोषणा गरेको थियो ।

त्यसमा प्रारम्भिक ब्याट्सम्यान रोय बर्नसले सर्वाधिक ९० रन बनाए । उनले डम सिबलीसँग मिलेर १ सय १६ रनको साझेदारी गरेर इंग्ल्यान्डलाई ठोस सुरुआत दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री