जोहानस्वर्ग । दक्षिण अफ्रिकाको सरकारले यहाँका विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । यहाँ कोरोना भाइरसको महामारी बढ्दै गएपछि यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको हो । शुक्रबार सोसम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिनुभएको हो ।
यहाँ यही जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरुले समाचारमा जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यता देखिको तथ्यांकमा हेर्दा कोरोना भाइरसका १ लाख ३० हजार जनामा यो संक्रमण देखिएको बताइएको छ ।
यहाँ आजसम्ममा ४ लाखभन्दा बढीमा यो संक्रमण फैलिएको पाइएको छ । यहाँ दिनप्रतिदिन यसका संक्रमितहरु देखिएकोले विद्यालय, विश्वविद्यालयहरु बन्द गराइएको बताइएको हो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते