वासिङ्टन । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो ।
त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।
कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ । उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना संक्रमितको निधन भएको बताइएको छ ।
संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यपार व्यवसाय पनि शुरु भएको छ ।यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गर्नुभएको छ ।
विगतमा लामो समयसम्म उहाँ आफैले पनि मास्क नलगाउने गर्नुृभएको थियो । आगामी नोभेम्बरमा यहाँ राष्ट्रपतीय निर्वाचनको अभियान शुरु हुदैछ । त्यसैले सो निर्वाचन झन् कोरोना महामारी फैलिन सक्ने त्रास देखिएको छ ।
सीडीसीले पछिल्लो समय देशका दक्षिणी र पश्चिमी राज्यहरूमा संक्रमितको संख्या निकै बढेको छ । यसबारे अध्ययन अनुसन्धान गरिरहेका वासिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन् ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै