नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको छ ।
त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार ६०२ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४७३ रहेको छ भने ६ लाख ३५ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन् ।
भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार २८१ पुगेको छ । तीमध्ये ११ हजार १९४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५६ हजार ३६९ संक्रमित हुँदा २ हजार २३६ जनाको मृत्यु भएको छ ।
केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १८ हजार ६४५ जना संक्रमित भएका छन् भने ३ हजार ५४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते