लण्डन । बेलायतकाे अल्डरसटमा निर्माण गर्न लागिएको भिक्टोरिया क्रस विजेता पहिलाे गोरखा सैनिक कुलवीर थापामगरको शालिकका लागि नेपाली समुदायबाटै पर्याप्त सहयोगको प्रतिवद्धता आएपछि अहिले सहयोग बन्द गरिएको छ ।
स्थानीय रसमुर काउन्सिल, ग्रेटर रसमुर नेपाली कम्युनिटीको संयुक्त प्रयासमा प्रिन्सेस पार्कमा बन्ने भिसी थापाको पूर्ण कदको शालिकका लागि १ हजार पाउण्डभन्दा माथि सहयोग गर्ने १२५ जना व्यक्ति तथा संस्थाको नाम शिलालेखमा लेखिने योजना शुरुमा बनाइएको थियो । तर दाताहरुको ओइराे लागेपछि शालिक निर्माताहरुको गत शनिबार बसेको बैठकले त्यसलाई बढाएर १४० जनामा पुर्याएको थियो । तर त्यसको भोलिपल्टै सो संख्या पनि पूरा भइसकेको छ ।
शालिक निर्माण समितिका प्रवक्ता ओमप्रसाद थापा भन्छन्, ”दाताहरुका लागि शिलालेखमा नाम लेख्न छुट्याएको ठाउँ पूरा भइसकेको छ । तर शिलालेखमा नाम नलेख्ने गरी आएका सहयोगहरुलाई अस्वीकार गर्दैनौँ ।” उनका अनुसार शालिक निर्माणका लागि हालसम्म करिब १ लाख ६१ हजार पाउण्डमाथिको प्रतिवद्धता प्राप्त भएको छ । निर्माण समितिले शुरुमा १ लाख २५ हजार खर्च लाग्ने अनुमान गरेको थियो ।
समितिले शिलालेखमा नाम उल्लेख गर्नेगरी गरिने सहयोग बन्द गरिएको घोषणा गरिसकेपछि पनि नेपाली समुदायबाट सहयोगका लागि सोधपुछ जारी रहेको थापाले बताए । अहिले उनीहरुलाई प्रतीक्षा सूचीमा राखिएको छ । अहिले प्रतिवद्धता व्यक्त गरेका दाताहरुले आगामी नोभेम्बर ३१ सम्ममा सहयोग रकम दाखिला गरिसक्नुपर्ने र कतिपयले भुक्तानी गर्न असमर्थता जनाए अहिले प्रतीक्षा सूचीमा रहेका दातालाई समाविष्ट गरिने उनले बताए ।
शालिकको मुनी रहने शिलालेखमा लेखिने दाताका नामहरु डिसेम्बर १ तारिखमा कलाकारलाई बुझाउनु पर्ने भएकाले समितिले सहयोग भुक्तानीका लागि नोभेम्बर ३१ को समयसीमा राखेको हो ।
योजना गरेको भन्दा धेरै सहयोग उठ्ने भएपछि समितिले शालिकको आकार पनि बढाउने भएको छ । पूर्ण कदको सो शालिकको आकार शुरुको भन्दा १० प्रतिशतले बढाइने भएको छ । यस्तै दाताहरुको नामावली अङ्कित गर्ने कार्यलाई पनि थप खर्च गरी आकर्षक बनाउने समितिले बताएको छ ।
अपेक्षा गरेभन्दा निक्कै बढी सहयोगको प्रतिवद्धता प्राप्त भएपछि प्रवक्ता थापाले भने, ”यो प्रोजेक्ट ऐतिहासिक र बेलायतका नेपालीहरुका लागि अति सान्दर्भिक भएकाले पनि नेपालीहरुबाट यस्तो सहयोग प्राप्त भएको हो”, उनले थपे, ”यहाँको पहिलो पुस्ताको नेपालीलाई भावी पुस्तालाई केही चिनो देओैँ भन्ने थियो । असल उद्देश्य भयो भने बेलायतका नेपालीहरु एकजुट भई सहयोग गर्नेछन् भन्ने यो एउटा उदाहरण हो ।”
उनले सहयोग संकलनमा सफलता पाउनुमा मिडियाको सहयोग र निर्माण समितिको राम्रो सामूहिक कार्यलाई पनि उल्लेख गर्न छुटाएनन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने