लण्डन । कोरोनाको महामारीका कारण बेलायतमा अलपत्र परेका १४६ जना नेपाली आज नेपाल फर्केका छन्।
नेपाली दुताबास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार आज उनीहरु लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर फ्लाइटमार्फत नेपाल प्रस्थान गरेका हुन्।
जजिरा एयरलाइन्समार्फत उनीहरु कुवेत हुँदै नेपाल फर्कँदै छन् ।
पहिलो चरणमा आज १५८ जनालाई नेपाल पठाउने भनिए पनि विमानस्थलमा १४६ जना मात्र पुगेका थिए । उनीहरुलाई विदाई गर्न विमानस्थलमा बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पूनम गुरुङ र उपनियोग प्रमुख आरन लगायत पुगेका थिए ।
नेपाल सरकारले बेलायतबाट दुई चरणमा यहाँ अड्किएका नेपालीहरुको उद्धार गर्दैछ । दोस्रो चरणमा शुक्रबार अर्को उडान नेपाल जाने योजना छ । दुताबासका प्रवक्ता आरनले दोस्रो फ्लाइटमा रहेका नेपालीहरुलाई हवाई टिकट काट्न अनुरोध गरेका छन् ।
नेपाली दुताबास तथा गैरआवासीय नेपाली संघमार्फत करिब ४५० नेपालीहरुले नेपाल फर्कन इच्छा व्यक्त गरेका थिए । तर पछिल्लो समयमा भने एकतिहाइले नेपाल फर्कने मनसाय त्यागेका छन् ।
तस्वीरहरु शिव भण्डारी
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ