लन्डन । नेपालमा कोरोना महामारीबाट रोजगारी गुमाएका तथा न्यून आय भएका परिवारहरुलाई बेलायतस्थित एउटा सामाजिक संस्था, बर्न्टओक नेपाली समाजले सहयोग गरेको छ।
“नेपालमा झन्डै तीन महिना लामो लकडाउनका कारण खासगरी दैनिक मजदूरी गर्ने लगायतका परिवारहरुलाई निकै गाह्रो भएको समाचार सुनेपछि हामीले हाम्रो समाजका सदस्यहरुबाट स्वेच्छिक सहयोग उठायौं। त्यसमा संस्थाको तर्फबाट केहि रकम थपेर नेपाल पठायौं। नेपालको लोकप्रिय टेलिभिजन प्रसारण कार्यक्रम इन्द्रेणीका संचालक, कृष्ण कंडेल, ले हाम्रो अनुरोधलाई स्वीकार गर्दै हामीले पठाएको सहयोग रकम एकदमै दुख पाएका व्यक्तिहरुलाई वितरण गर्नु भयो,” बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले भने।
अध्यक्ष गुरुङका अनुसार २ हजार २३५ पौण्ड (नेरु ३२८,५४५) भोकभोकै परेका नेपालीहरुलाई वितरण गरिएको छ।
समाजका महासचिव भोला पनेरुले भूकम्पको बेला पनि समाजले नेपालमा भूकम्पपीडितहरुलाई सहयोग गरेको स्मरण गरे। “हामी आफै कोरोना संक्रमणको उच्च जोखिममा रहेको भएता पनि आफ्नो मातृभूमिप्रतिको दायित्व बोध गर्दै सक्दो सहयोग गरेका हौँ,” उनले भने।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा