लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, ‘नेपाली एकाउण्टेन्ट्स एसोसियसन युके’ ले आइतबार बेलायतमा व्यापार व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुसंग समसामयिक विषयमा छलफल गरेको छ।
वेबिनारमा नेपाली व्यवसायीहरुले राखेका प्रश्न र जिज्ञासाहरुको वरिष्ठ एकाउन्टेटहरुले उत्तर दिएका थिए । करिब एकसय जना प्रत्यक्ष सहभागी र ५ हजार भन्दा बढीले प्रत्यक्ष प्रसारण मार्फत हेरेका थिए। सहभागीहरुले खास गरी व्यवसायमा आफ्ना समस्या, कोरोना भाइरसपछि व्यापार व्यवसायलाई पुनः संचालन गर्ने तथा ब्रिटिश सरकारले घोषणा गरेको राहत कार्यक्रमबारे प्रश्नहरु सोधेका थिए ।
अन्तरक्रियामा संस्थाका अध्यक्ष सरोज सापकोटा, वरिष्ठ चार्टर्ड एकाउण्टेन्टद्वय समीरनाथ प्याकुरेल तथा जनक पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेन्द्र ढुंगाना, सहसंयोजक राजेन्द्र सुवेदी, वरिष्ठ व्यस्थापन विज्ञहरु पदम आचार्य, कृष्णप्रसाद दाहाल, प्रकाश ढुंगाना लगायतले कार्यक्रममा ब्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
“Business Survival in Covid 19 & Beyond” विषयक छलफल आफ्नो संस्थाको पहलबाट नेपाली व्यवसायीहरु लाभान्वित भएको र राम्रो प्रतिक्रिया आएको हुँदा भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै जाने संस्थाका महासचिव शशिधर नेपालले बताए। उनले सबै सहभागीहरुलाई धन्यवाद पनि दिए। कार्यक्रमको संचालन वरिष्ठ चार्टर्ड एकाउण्टेन्ट एलएन पाण्डेले गरेका थिए ।
कार्यक्रमको पूरा भिडियो: https://youtu.be/Wvgs6NdaXPo
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ