लण्डन । विश्वकै सर्वाधिक हेरिने फुटबल प्रतियोगितामध्ये एक इंगलिस प्रिमियरसिप कोरोना भाइरसको कारण एक सय दिन रोकिएपछि आज शुरु हुँदैछ ।
आज साँझ आस्टोन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेष्टर सिटी र आर्सनल भिड्दै छन् । तर फुटबल म्याच पहिलेजस्तो दर्शकहरुको खचाखच भीडमा हुने छैन । न त खेलाडीहरुले हात मिलाउन नै पाउने छन् ।
बाँकी खेलहरु खाली स्टेडियममा खेलाइने छ । बढीमा ३०० जनालाई स्टेडियममा प्रवेश गर्न दिइने छ । स्टेडियममा रातो, पहेँलो र हरियो क्षेत्र छुट्याइएको छ । जहाँ जोसुकैले प्रवेश पाउने छैन ।
पहिले एक खेलमा तीन जना मात्र खेलाडी फेर्न पाइनेमा अब पाँच जनासम्म फेर्न पाइने छ । पहिले जगेडामा सातजना खेलाडी राखिने गरेकोमा अब नौ जना राख्न पाइने छ । खेलाडीहरुको खेलमैदानमा प्रवेश पनि सामाजिक दुरी कायम राखेर गराइने छ । त्यस्तै कर्नरमा राखिने झण्डा, गोलपोष्ट, खेलाडी फेर्न देखाइने बोर्ड र फुटबललाई खेल सकिएपछि र खेल शुरु हुनुअघि विशेष रुपमा सफा गरिने छ ।
खेलमा आउँदा र खेल सकिएपछि खेलाडीहरु फर्कँदा समेत सामाजिक दुरी कायम गरेर फर्कन पर्ने छ । अब खेल सकिएपछिको अन्तरवार्ता पनि भर्चुअल मात्र हुने छ ।
आजको पहिलो खेल शुरु हुनुपूर्व कोरोना भाइरसबाट बितेकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरिनेछ भने मुटु आकारको बिल्ला एनएचएसका कर्मचारीहरुको अद्वितीय कार्यको सम्मानस्वरुप लगाइने छ ।
पहिलो १२ वटा खेलमा हरेक खेलाडीको जर्सीमा नामको स्थामा ब्ल्याक लाइफ म्याटर लेखिएको हुनेछ ।
प्रिमियर लिगका खेलाडी तथा अन्य कर्मचारीहरुको कोरोना परीक्षण हरेक सातामा दुई पटक गरिने गरिएको छ । जसमा पोजिटिभ देखिएकालाई सात दिन क्वारेन्टीनमा राखिने गरिन्छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन