लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके इंग्ल्याण्ड राज्यपरिषद्ले एनआरएनए परिचय पत्र वितरण पुन: सुरु गर्ने भएको छ । कोरोना संक्रमणका कारण रोकिएको परिचय पत्र वितरणलाई सुरु गर्न लागेको सचिव गोविन्द खरेलले जानकारी दिएका हुन । त्यसका लागि प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई विवरण भर्न अनुरोध गरिएको छ ।
उनकाअनुसार परिचय पत्र वितरणका लागि व्यक्तिगत वा संस्थागत रुपमा स्वयंसेवीका रुपमा काम गर्न चाहनेहरुलाई अनलाइन फारम भरी सम्पर्कमा आउन अनुरोध गरिएको छ । कोरोना संक्रमणका कारण राहत वितरणमा लाग्नु पर्दा समयमै परिचय पत्र वितरण गर्न नसकेको जिकिर गर्दै उनले अहिले वितरणका लागि उपर्युक्त समय भएको बताए ।
‘आ-आफ्ना नातेदार तथा सम्बन्धित संघसंस्थाहरुका सदस्यहरुमा परिचयपत्र वितरणका लागि सम्पर्क गर्न आग्रह गर्दछु,’ इंग्ल्याण्ड राज्यपरिषद्का सचिव खरेलले भने, ‘उहाँहरुको सहयोगले हामीले बेलायतभर सजिलै परिचय वितरण गर्न सक्छौं ।’
परिषद्ले प्रतिनिधिहरुको नाम प्राप्त गर्ने वित्तिकै सवैलाई परिचय पत्र वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । साथै, परिषद्ले मिडल्याण्डमा परिचय पत्र वितरणका लागि आइतबार नै स्वयंसेवक टोली खटाइसकेको जनाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन