लण्डन । प्रहरी किथ पाल्मरको स्मारक नजिक पिसाब फेरेको अभियोगमा बेलायतमा एक युवालाई १४ दिन थुनामा राख्ने सजायँ भएको छ ।
स्टानस्टिड निवासी २८ वर्षीय आन्ड्रयू ब्याङ्क्सले गत शनिबार लण्डनको केन्द्रीय भागमा भएको प्रदर्शनको क्रममा पाल्मरको स्मारकसँगैको खम्बामा आड लागेर पिसाब गरिरहेको तस्वीर सार्वजनिक भएको थियो ।
आज बिहान वेष्टमिन्स्टर म्याजिष्ट्रेट कोर्टमा भएको सुनुवाइमा उनले आफ्नो गल्ती स्वीकार गरेका थिए । अदालतले उनलाई सार्वजनिक शिष्टता भंग गरेको कसुरमा १४ दिन थुनामा राख्न आदेश दिएको छ ।
शनिबार लण्डनमा आयोजित र्यालीबाट लण्डनका स्मारकहरुमा तोडफोड हुनसक्ने भएकाले सोको सुरक्षार्थ स्वयंसेवीरुपमा आएका श्वेत युवाहरुको टोलीको उनी सदस्य थिए । अदालतमा बयानका क्रममा उनले त्यहाँ स्मारक रहेको थाहा नपाएको बयान दिएका थिए ।
प्रहरी पाल्मरको कर्तब्यपालनकै क्रममा बेलायती संसद भवन बाहिर आतंककारी आक्रमणमा परी २२ मार्च २०१७ मा निधन भएको थियो । उनीसँगै अन्य पाँच जनाले सो आक्रमणमा ज्यान गुमाएका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा