लण्डन। रुकुम पश्चिम चौरजहारी सोती घटनाका पीडित परिवारलाई सृजनशील नेपाली समाज यूकेले तीन लाख आर्थिक सहयोग गरेको छ । जातीय छूवाछूतका नाममा भएका अमानविय कार्यबाट ज्यान गुमाउनेहरुको परिवारलाई सृजनशील नेपाली समाज यूकेले प्रतिव्यक्ति ५० हजारका दरले उक्त सहयोग गरेको हो । सो घटना छानविन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय समिति समेत निर्माण भैसकेको छ ।
भेरी नगरपालिका प्रमुख सीपी घर्ती मगरको अगुवाई सहयोग रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको थियो । पीडित परिवारले सहयोग गर्ने सृजनशील नेपाली समाज यूकेका संस्थापक शेर सुनार र अध्यक्ष भक्त बहादुर दर्जी लगायत सम्पूर्ण कार्यसमितिप्रति आभार प्रकट गरेका छन ।
जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा दुःख व्यक्त गर्दै संविधान र कानून अनुरुप दोषीलाई चाँडो भन्दा चाँडो कारबाही गर्न समेत संस्थाले माग गरेको छ । सोतीमा भएको घटनामा ६ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । सो घटनाको प्रहरीले पनि छानविन गरिरहेको छ ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो