नेपालमा कोरोनाबाट थप एकको निधन, संक्रमितको संख्या २ हजार ३००

corona

काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाकाे निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष छन् । उनलाई अस्वस्थ भएपछि केही समयअघि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे गरिएकाे थियाे । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनीसँगै नेपालमा काेराेना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या नौ पुगेको छ ।

संक्रमितको संख्या २ हजार ३००
कोरोना संक्रमणको पछिल्लाे परीक्षणमा थप २०१  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय पुगेको छ । संक्रमितहरुमा पुरुष २ हजार १३० र १७० जना महिला रहेका छन् ।

२७८ जना डिस्चार्ज

यसैगरी अहिले देशभर क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ रहेका छन् भने २७८ जना निको भई डिस्चार्ज भएका छन् ।

सङ्क्रमित हुने जिल्ला ६४

हालसम्म सङ्क्रण पुगेको जिल्ला ६४ पुगेकाे छ । पछिल्लो परीक्षणमा ताप्लेजुङ् र तेह्रथुम जिल्लामा सङ्क्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री