काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाकाे निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष छन् । उनलाई अस्वस्थ भएपछि केही समयअघि त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे गरिएकाे थियाे । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनीसँगै नेपालमा काेराेना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या नौ पुगेको छ ।
संक्रमितको संख्या २ हजार ३००
कोरोना संक्रमणको पछिल्लाे परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय पुगेको छ । संक्रमितहरुमा पुरुष २ हजार १३० र १७० जना महिला रहेका छन् ।
२७८ जना डिस्चार्ज
यसैगरी अहिले देशभर क्वारेन्टाइनमा एक लाख ५५ हजार ८६८ रहेका छन् भने २७८ जना निको भई डिस्चार्ज भएका छन् ।
सङ्क्रमित हुने जिल्ला ६४
हालसम्म सङ्क्रण पुगेको जिल्ला ६४ पुगेकाे छ । पछिल्लो परीक्षणमा ताप्लेजुङ् र तेह्रथुम जिल्लामा सङ्क्रमित भेटिएका छन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय