लन्डन । संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावासले पार्कमा सुतिरहेका एक जना नेपालीको उद्धार गरेको छ ।
घर मालिकसँग सामान्य घर झगडा भएपछि घर छाडी हिँडेका ती नेपालीको आफन्त नभएकाले पार्कमा सुतिरहेको अवस्थामा राजदूतावासले उद्धार गरेको हो । ‘घरेलु कामदारका रुपमा बेलायतमा काम गरिरहेका एक नेपाली घरमा सामान्य मनमुटाव भएपछि घर छाडेर हिँडनु भएको रहेछ । उहाँको कसैसँग व्यक्तिगत चिनजान नभएकाले एक रात पार्कमै बिताउनु भएछ, थाहा पाएर उद्धार गरियो,‘ राजदूतावासका प्रवक्ता शरदराज आरनले वीनेपालीसँग भने ।
पश्चिम लण्डनको एक पार्कमा एक रात बिताएका ती नेपालीलाई उद्धार गर्न र पूर्ववत् घरमै फर्काउन प्रवक्ता आरनले प्रयास गरे पनि सफल भएनन् । भारतीय घर मालिकले एक रात बाहिर बसिसकेको अवस्थामा घर ल्याउँदा आफ्ना बृद्धबृद्धा आमावुवालाई कोरोना संक्रमणको उच्च जोखिम हुने भएकाले कामदार फर्काउन अस्वीकार गरेको आरनले बताए ।
उनले घरमालिकसँग लामो वार्तालाप गर्दा पनि प्रयास सफल नभएपछि बेलायतस्थित एक जना सामाजिक अभियन्तासँग सम्पर्क गरी खान र बस्ने व्यवस्था गरेका थिए । वीनेपालीको सम्पर्कमा आएका ती सामाजिक अभियन्ताले आफूलाई सम्पर्क गरेर राजदूतावासले समस्या बारेमा बताएपछि ती नेपालीलाई जागिरसहित खान र बस्न व्यवस्था गरेको बताए ।
‘ती नेपालीको नाम गोप्य राखिदिन म तपाईलाई अनुरोध गर्छु,’ सामाजिक अभियन्ताले भने, ‘मेरो नाम पनि नलेखी दिनुहोस, सस्तो प्रचार नगरौँ होला । मैले सकेको सहयोग नेपालीहरुका लागि सधै रहन्छ ।’ उनले भने । राजदूतावासले समेत नाम सार्वजनिक नगर्न अनुरोध गरिएका ती नेपालीलाई पहिले काम गरेको स्थानमा भन्दा दोव्वर तलवसहित बस्न र खान व्यवस्था मिलेको छ । ‘उनको भिजा पनि लकडाउनपछि थप्ने मिल्ने रहेछ भने त्यो पनि गर्न प्रयास गर्छु,‘ ती सामाजिक अभियन्ताले थपे ।
त्यसबाहेक थप चार जना घरेलु कामदार नेपालीहरु आफूले काम गरिरहेको घर छाडी हिँडेकामा सम्झाई बुझाई काम गरेकै स्थानमा फर्काएर सहयोग गरेको प्रवक्ता आरनको भनाइ थियो । उनले घरलु कामदारका रुपमा आएका नेपालीहरुमा यस्तो समस्या देखिएको जनाए । ‘घरेलु कामदारका रुपमा ६/ ६ महिनामा बेलायत आउने र भारत फर्कने उहाँहरुका चलन रहेछ । पारिवारिक मनमुटावले घर छाड्दा लकडाउनका बेला समस्या देखिएको छ’ उनले भने । ‘यस्ता अवस्थामा कतिपय कुराहरुमा छलफलबाटै समाधान गर्नुपर्छ, घर छाडेर हिँडनु हुदैन भनेर उनीहरुलाई बर्तमान परिस्थितिका बारेमा सम्झायौँ,’ आरनले भने, ‘घरमालिकसँग पनि कुरा गरे, उहाँहरुले पनि दुतावासको अनुरोधलाई स्वीकार गर्नु भयो’ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते