लण्डन । दक्षिण पूर्वी लण्डनको प्लमस्टिडबाट एक नेपाली महिला आइतबार दिउँसोदेखि हराएकी छिन् ।
प्लमस्टिडस्थित निवासबाट दिउँसो १.४५ बजे बाहिर हिँड्न निस्किएकी ६५ वर्षीया धनमाया थापा हालसम्म घर नफर्किएको उनका श्रीमान् रेवतबहादुर सिंजाली थापाले बताए ।
” म १५/२० मिनेट हिँडेर आउँछु’ भनिन् । मैले पनि यतिन्जेल लकडाउनले कोठामै थुनिएर बस्नुपरेको छ । हुन्छ नि त बाहिर गएर फ्रेस हुन्छ कि भन्ने सोचेँ”, थापाले भने ।
त्यसको १५ मिनेटपछि फोन गरेर ‘पानी पर्न लाग्यो सुकाएको लुगा उठाउनु’ भनेर उनले फोन गरेको थापाले बताए । त्यसको १५ मिनेटपछि फोन गर्दा उनले फोन उठाइनन् । थापाले सोचे घर आउँदै होला त्यसैले फोन नउठाएको होली । तर अरु १५ मिनेटमा पनि नआएपछि उनले फेरि फोन गरे । तर फोन फेरि उठेन । त्यसपछि थापा श्रीमतीलाई खोज्न निस्किए तर उनले जान्छु भनेको ठाउँतिर पाइएन । थापा फेरि साथी लिएर खोज्न गए तर उनी भेटिइनन् ।
उनले प्रहरीलाई खबर गरे । प्रहरीले उनका बारेमा विस्तृत विवरण लिएर गएको थापा बताउँछन् ।
श्रीमतीले उच्चरक्तचाप बाहेक अरु केही औषधि नलिने र कुनै बिमार नरहेको थापाले जानकारी दिए ।
श्रीमती थापाले रातो स्वेटर, पहेँलो पहेँलो लुङ्गी, चप्पल र चश्मा लगाएकी छिन् । उनले घरबाट निस्केर केही साथीलाई र उनको शिक्षिकालाई फोन गरेको बुझिन आएको थापाले बताए ।
थापाको ३ छोरा नेपालमा छन् भने एक छोरा लण्डनमा सँगै छन् । थापा ग्रीनीच एक्स सर्भिसमेन एसोसिएसनका उपाध्यक्ष हुन् ।
श्रीमती थापाको बारेमा जानकारी भएमा श्रीमान रेवतबहादुर थापा ०७८ ४८८० ४४४९, हरिकुमार मल्ल (जीगेसा महासचिव) ०७४ ००५६ ०११४ र लीलादेवी गुरुङ (पूर्व अध्यक्ष जीगेसा) ०७९ ७१२५ ४७८३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]