रासस । अफ्रिका महादेशको रोग नियन्त्रण केन्द्रको तथ्याङकअनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको सङ्ख्या ५४ हजार ४३४ पुगेको छ ।
सङ्क्रमितको सङ्ख्या उत्तरी अफ्रिका र पश्चिमी अफ्रिकामा मध्य क्षेत्रको तुलनामा सङ्क्रमण बढी देखिएको छ । महामारीबाट अफ्रिकी पर्यटन व्यवसायमा गम्भीर प्रभाव परेको जनाइएको छ । पर्यटन व्यवसायले अफ्रिकी आर्थिक विकासमा एक खर्ब ६९ अर्ब अमेरिकी डलर योगदान दिने गर्छ । यो अफ्रिकाको कूल ग्राहस्थ उत्पादनकोे ७.१ प्रतिशत हो । अफ्रिकामा पर्यटन क्षेत्रले प्रत्यक्षरूपमा दुई करोड ४६ लाख व्यक्तिलाई रोजगारी दिएको छ ।
महामारीमा परी अफ्रिकाका केही मुलुकमा खाद्यान्न अभाव छ । सहारादेखि दक्षिणतिरको दक्षिण अफ्रिकी क्षेत्रमा लगभग २३ करोड ९० लाख मानिस खाद्यान्न समस्यामा रहेका अफ्रिकामा सहयोग क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको तथ्याङ्क रहेको छ ।
यसैबीच केन्याको राजधानी नैरोबीका नागरिकहरूले खाद्यान्नको जोहो गर्ने सन्दर्भमा महामारीको रोकथाम कार्यलाई उपेक्षा गरी किनमेल केन्द्र (सपिङ मल)मा भेला भई भिडभाड गरेका खबरहरू विभिन्न सञ्चारमाध्यमहरूले प्रत्यक्ष देखाएका छन् । सहरी क्षेत्रमा हुने यस खालको भिडभाडलाई नरोकेमा यस्ता व्यवसायिक केन्द्र नै बन्द गराउने चेतावनी नैरोबीको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त